
लन्डन १३ मे २०२५ । मगर संघ यूकेले आगामी १४ जुनमा १७ औं नेपाली ओपन कन्सर्ट गर्ने भएको छ ।
ख्यातिप्राप्त कलाकारको उपस्थितिमा हुने कन्सर्ट यस वर्ष १४ जुनमा गर्ने तय भएको मगर संघ यूकेका अध्यक्ष लालबहादुर पुन (लालु)ले जनाएका छन् । कार्यक्रम फानबोरोस्थित रग्बी क्लबमा हुने छ । समय बिहान ११ देखि राति ८ बजेसम्म निर्धारण गरिएको छ ।
कार्यक्रममा सहभागिताका लागि वयस्कलाई अग्रिम टिकट लिँदा २५ र गेटमा लिँदा ३० पाउन्ड तोकिएको छ । यस्तै बालबालिका र ज्येष्ठ नागरिकलाई गेटमा २५ र अग्रिम लिएमा २० पाउन्ड पर्नेछ ।
कार्यक्रमको प्रमुख संयोजक वरिष्ठ उपाध्यक्ष रुद्र थापा र संयोजकमा उपाध्यक्ष गुमानसिंह थापाले जिम्मेवारी लिएका छन् ।






