थापा मगरको नयाँ गीत ‘मदेनीमा’ सार्वजनिक [भिडियोसहित]

SHARE:

सन्जय सिंजाली मगर
काठमाडौं २८ मे २०२५ । सचिन थापा मगरको शब्द रचनामा आधारित नयाँ गीत ‘मदेनीमा मोही पारी’ सार्वजनिक भएको छ । उक्त गीतलाई ‘आस म्युजिक’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

लोकभावनाले भरिएको यस गीतमा गायक सन्तोष राना मगरको सुमधुर स्वर सुन्न सकिन्छ । गीतको म्युजिक भिडियोमा सञ्जाल भण्डारी (साउन्ड प्रड्युसर), प्रकाश परियार (कोरियोग्राफर), राज पोखरेल (क्यामराम्यान), सुमि लोहनी (मेकअप आर्टिस्ट), र सिलन लम्साल (कलर तथा सम्पादन) को प्रमुख भूमिका रहेको छ।

चितलाङको रमणीय वातावरणमा छायांकन गरिएको भिडियोमा मोडल खुश्बु गुरुङ र गायक स्वयं सन्तोष राना मगर फिचर भएका छन् । यस गीतमा मगर समुदायको मौलिकता, पहिचान र सांस्कृतिक प्रेमलाई उजागर गर्ने प्रयास गरिएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!