मगर संघ यूकेको निमन्त्रणामा बेलायत आए चर्चित कलाकारहरु खेम, अन्जु र विजय

SHARE:

लन्डन १२ जून २०२५। मगर संघ यूकेको निमन्त्रणमा नेपालबाट चर्चित कलाकार खेम सेन्चुरी, अन्जु पन्त, विजय ठाडामगर बेलायत आएका छन् । मगर संघ यूकेले शनिबार (जुन १४ तारिख)का दिन बेलायतमा आयोजना गर्ने १७ औं नेपाली ओपन कन्सर्टका लागि उनीहरु बुधबार राति लन्डनस्थित हिथ्रो विमानस्थल ओर्लिएका हुन् । सेन्चुरी भ्वाइस अफ नेपाली सिजन ६ का कोच तथा चर्चित सर्जक हुन् । गायिका पन्त सदाबहार आधुनिक गायिकाका रुपमा परिचित छिन् भने ठाडामगर भ्वाइस अफ नेपाल सिजन ३ मा टप १२ मा पर्न सफल कलाकार हुन् ।

उनीहरुलाई स्वागत गर्न अध्यक्ष लालबहादुर (लालु) पुन मगर, कार्यक्रम प्रमुख संयोजक तथा उपाध्यक्ष रुद्र थापामगर, उपाध्यक्ष विष्णु श्रीस मगर, गुमानसिं थापामगर, महासचिव गोमानसिंह पुन, कोषाध्यक्ष मोहन थापामगर, निवर्तमान अध्यक्ष सीता पुन मगर,सांस्कृतिक सचिव नुनु पाइजामगर, सहसांस्कृतिक सचिव रुक आलेमगर, निवर्तमान सांस्कृतिक सचिव सरु रानामगर,मगर महिला संघ यूकेकी महासचिव मनु पाइजामगर, युवा विभागका अध्यक्ष दीपक माइथाने मगरलगायत पदाधिकारी, कार्यसमिति सदस्यहरु र शुभचिन्तकहरु विमानस्थल पुगेका थिए ।

‘म्यूजिक फर युनिटी’ सन्देशसहित फार्नबोरोस्थित रग्बी फुटबल क्लबमा बिहान ११ देखि बेलुकी ८ बजेसम्म कन्सर्ट हुनेछ । उनीहरुसँगै बेलायतका स्थानीय कलाकारहरूले नृत्य पनि प्रस्तुत गर्नेछन् । मगर संघ यूकेले हरेक वर्ष आयोजना गर्ने मगर गट ट्यालेण्टका विजेताहरूले पनि प्रस्तुति दिनेछन् ।उक्त कार्यक्रममा बालबालिकाका लागि मनोरन्जनात्मक खेलका साथै युवा, बयस्क र ज्येष्ठ नागरिक सबैलाई मनोरन्जन दिने सांस्कृतिक कार्यक्रम प्रस्तुत हुने आयोजकको भनाइ छ ।

बेलायतका लागि नेपाली राजदूतका प्रतिनिधि प्रमुख अतिथि रहने कार्यक्रममा स्थानीय निकायका मेयर, उपमेयर, काउन्सिलरहरूका साथै बेलायतस्थित विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधिहरू अतिथि रहेछन् ।

सन् २००२ सालमा स्थापना भएको मगर संघ यूकेले बेलायतमा नेपाली गीत, संगीत, कला, संस्कृतिको जगेर्ना र प्रवर्द्धन गर्ने उद्देश्यले सन् २००७ देखि हरेक वर्ष नेपाली ओपन कन्सर्ट आयोजना गर्दै आएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!