
काठमाडौं १२ जून २०२५ । नेकपा एमालेका महासचिव शंकर पोखरेल बेलायत भ्रमणमा निस्किएका छन् ।
प्रवासी नेपाली मञ्चको नवौँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्न महासचिव पोखरेल बिहीबार बेलायत प्रस्थान गरेका हुन् । महासचिव भोलि शुक्रबारदेखि सुरू हुने सम्मेलनको उद्घाटन गर्न पोखरेलका साथमा एमालेका पोलिटब्यूरो सदस्य सुजिता शाक्य पनि बेलायत गएकी छन् ।
बेलायत भ्रमणका क्रममा महासचिव पोखरेलले त्यहाँका नेपाली समुदायसँगै विभिन्न कूटनीतिज्ञ सँग भेटवार्ता गर्ने कार्यक्रम रहेका एमाले केन्द्रीय सदस्य एवं यूरोप-अमेरिका इन्चार्ज घनश्याम पाण्डेले जानकारी दिए ।
महासचिव पोखरेल असार ८ गते स्वदेश फर्कने उनको सचिवालयले जनाएको छ ।






