मनोक्रान्ति साधिका गीतकार होमाको ‘चासोक तङनाम’सार्वजनिक [भिडियोसहित]

SHARE:

लन्डन १६ जून २०२५ । मनोक्रान्ति साधिका बेलायत निवासी गीतकार होमा पाहिम (आङ्बुहाङ) लिम्बूको नयाँ गीत ‘चासोक तङनाम’सार्वजनिक भएको छ ।

सोमबार १६ जूनमा गीतकार लिम्बूको आफ्नै अफिसियल च्यानल होमा पाहिम (आङ्बुहाङ) बाट सार्वजनिक गरिएको हो । उक्त गीतमा गायक/गायिका कुशल (जितेन्द्र) थलङ र सुनिता थेगिमको आवाज रहेको छ ।

सङ्गीत कृष्ण चाम्लिङ राई, सङ्गीत प्रोग्रामिङ/एकाउस्टिक कृष्णभक्त राई, धुन र सङ्गीत संयोजन खगेन्द्र पन्धाक लिम्बू, रेकर्डिस्ट विजय श्रेष्ठ (म्युजिक मिडिया, धरान), मिक्सिङ चन्द्र चालधारीको रहेको छ ।

होमाको यसअघि जीवनको कथा, प्रवासी मायालु र नरुनु प्रियलगायत गीत प्रकाशित भइसकेका छन् ।

नेपालको पूर्व तेह्रथुम खाम्लालुङमा जन्मेकी होमा ताप्लेजुङ चागे नेसुम कर्मघर हुँदै धरान र काठमाडौं बसिन् । हाल श्रीमान् खड्गजङ आङ्बोहाङ (सङ्स्थापक अध्यक्ष किरात याक्थुङ चुम्लुङ युके), दुई छोरा भुवन र कमल आङ्बोहाङ, जेठी बुहारी शर्मिला थापा आङ्बोहाङका साथ सन् २००५ बाट अल्डरसट बेलायत बस्दै आएकी छन् । पेसागत रुपमा सर्जक लिम्बु हेल्थ केयर होममा डोमेस्टिक हेल्पर हुन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!