नयाँ दिल्ली ७ अगस्ट २०२५ । जलवायु परिवर्तनको बढ्दो प्रभावका कारण तीव्र गतिमा पग्लँदै गएको ‘हिमताल फुट्दा’ भारतको एक हिमाली सहर बगाएको हुन सक्ने विज्ञहरूले बिहीबार बताएका छन् ।
हिमनदीमा आएको बाढीका कारण भारतको उत्तराखण्ड राज्यको धाराली बजार खण्डहरमा परिणत भएको छ । बजारका स्थानीय तथा धार्मिक पर्यटनका क्रममा त्यहाँ पुगेका व्यक्तिहरूको ठूलो समूह बेपत्ता भएको छ । भारतीय सञ्चारमाध्यमले प्रशारण गरेका भिडियोहरूमा हिलोसहितको पानीको छालले पुरै भवन उखेलेर फ्याँक्दा कैयौँ मानिसलाई बाढीले पुरेको र कैयौँले भागेर ज्यान बचाउन सफल भएको देख्न सकिन्छ ।
कम्तीमा चार जनाको मृत्यु भएको पुष्टि भएको छ भने कम्तीमा ५० जना वेपत्ता छन् ।
सरकारी अधिकारीहरूले विपत्तिको केही समयपछि तीब्र वर्षा (आरिघोप्टे बर्षा) को कारण बाढी आएको बताएका थिए।
यद्यपि, क्षतिको आँकलन गर्ने विशेषज्ञहरूले लामो समयसम्मको वर्षाले जमिनलाई पहिले नै भिजेको र खुकुलो बनाइसकेको अवस्थामा ‘हिमताल फुुटुदा’ आएको पानीले नदी वरपरको माटो सोहोरेर ल्याएको र सहरको साघुरो भागमा खोला किनारको बस्तीतर्फ मोडिएको उनीहरूको भनाइ छ ।
नयाँ दिल्लीस्थित जवाहरलाल नेहरु विश्वविद्यालयका हिमालय जोखिमसम्बन्धी विज्ञ पीके जोशीका अनुसार अत्यधिक खडेरीका कारण तापक्रम वृद्धि भई हिमताल पहिले नै आफ्नो स्थानबाट सरेको र पछि हिमनदीबाट पग्लेको पानीको ताल जम्मा भएको ‘मोरेन’ भनिने भग्नावशेष ढलेका कारण बाढी आएको देखिन्छ ।
उक्त क्षेत्रमा बादलले छोपिएका कारण भग्नावशेषको सही स्रोत पत्ता लगाउन स्याटेलाइट इमेजरीमा बाधा पुर्याएको भन्दै जोशीले ‘आफ्नो भनाइको स्पष्ट पुष्टि’ का लागि पर्याप्त भू–उपग्रह तथ्याङ्क नभएको बताए ।






