नेपालका राष्ट्रपति पौडेलले गरे प्रतिनिधिसभा विघटन, फागुन २१ गते नयाँ चुनाव हुने

SHARE:

काठमाडौँ १३ सेप्टेम्बर २०२५ । नेपालका राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गरेका छन् ।

शुक्रबार राति राष्ट्रपति पौडेलले प्रतिनिधिसभा विघटन गरेका हुन् । त्यसअघि अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको मन्त्रिपरिषद्को पहिलो निर्णयका रूपमा संसद्‍ विघटनको सिफारिस गरिएको थियो ।

प्रधानमन्त्री कार्कीले फागुन २१ गते प्रतिनिधिसभा निर्वाचनको मितिसमेत तोकेकी छिन् ।

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि विकसित पछिल्लो राजनीतिक घटनाक्रमबीच कार्कीले शु्क्रबार राति नै प्रधानमन्त्री पदको शपथ लिएकी थिइन् । संविधानको धारा ६१ को उपधारा ३ र ४ मा अन्तर्निहित राष्ट्राध्यक्षको अधिकार प्रयोग गरी राष्ट्रपति पौडेलले कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!