
बेलायत – नेपालको पहिलो होमस्टे सिरुवारी गाउँ स्यांग्जावाट बेलायतमा बसोवास गर्दै आएका सिरुबारी नाँसाहरुले वार्षिक भेटघाट कार्यक्रम गर्ने भएको छ। भेटघाट कार्यक्रम सनिवार ११ अक्टुवर २०२५ को दिन को साउथ हारो स्थित स्पोर्ट्स एण्ड सोसियल कलबमा हुने भएको छ।
भेटघाट कार्यक्रममा छोरी, चेलीवेटी, जवाई र भान्जा भान्जिहरुलाई आमन्त्रण गरिएको संस्थाका सल्लाहकार विजय गुरुङले जानकारी दिएका छन्।
भेटघाट कार्यक्रम दिनको ठिक १२ वजे देखि शुरु हुनेछ। अन्य जानकारीको लागि निम्न तलका महानुभावहरुलाई सम्पर्कको लागि अनुरोध गरिएको छ।
अध्यक्ष, डेविड गुरुङ ०७७३७ ७४६१०२, उपाध्यक्ष नवराज गुरुङ, ०७४४६ ३०६०९८ र सचिब धन गुरुङ, ०७५१५ ४४२८०३







