तमु धीं यूकेका पूर्वअध्यक्ष रामचन्द्र गुरुङ ‘सहारा यूके स्पेशल अवार्ड २०२५’बाट सम्मानित

SHARE:

लन्डन २३ नोभेम्बर २०२५ । तमु धीं यूकेका पूर्वअध्यक्ष तथा समाजसेवी रामचन्द्र गुरुङ सम्मानित भएका छन् ।

सहारा यूकेको शनिबार २२ नोभेम्बरमा अल्डरसटस्थित एम्पायर हलमा आयोजित १४औं वार्षिक च्यारिटी डिनरमा रामचन्द्र गुरुङ ‘सहारा यूके स्पेशल अवार्ड २०२५’ बाट समानित भएका हुन् । गुरुङ र उनकी श्रीमति पवित्र गुरुङलाई कार्यक्रमका प्रमुख अतिथि नेपाली राजदूतावास लन्डनका कार्यवाहक राजदूत विपिन दुवाडी, सहारा यूकेका अध्यक्ष कृष्ण गुरुङले दोसल्ला, पछ्यौरा, पुष्पगुच्छासहित अवार्ड प्रदान गरे ।

सोही समारोहमा कोल्मा बहाकोट समाज यूकेका अध्यक्ष चन्द्रबहादुर गुरुङलाई सहारा अवार्ड प्रदान गरिएको छ । चन्द्रबहादुर गुरुङ र शान्ता गुरुङका दम्पती पनि दोसल्ला, पछ्यौरा, पुष्पगुच्छासहित सम्मानित भए ।

दुवै अभियन्ता लामो समयदेखि बेलायत विभिन्न सामाजिक संघसंस्थामा आबद्ध रहेर सेवा गर्दै आएका छन् । सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान गर्ने सदस्यहरुलाई सहारा यूकेले बर्षेनि अवार्ड प्रदान गर्दै आएको छ । सोही अवसरमा अतिथि, व्यवसायी, सामाजिक अगुवा, मिडियाकर्मी, कलाकारलगायतलाई प्रशंसापत्र समेत प्रदान गरिएको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!