कार्यवाहक राजदूतसँग सीएनसीबीजीको भेट, बेलायतबाटै मतदानको व्यवस्था गराउन माग

SHARE:

लन्डन २४ नोभेम्बर २०२५ । नेपाली नागरिकता निरन्तरता अभियान (सीएनसीबीजी)ले नेपालमा हुने निर्वाचनमा नागरिकताको निस्सा देखाएर बेलायतबाटै मतदान गर्न पाउनुपर्ने माग गरेको छ।

सीएनसीबीजीका अध्यक्ष थर्क राना नेतृत्वको एक प्रतिनिधिमण्डलले शुक्रबार २१ नोभेम्बर २०२५ मा लन्डनस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत विपिन दुवाडी र द्वितीय सचिव सन्जोग राईसँग छलफल गरेको हो । उपाध्यक्ष दलबहादुर बुढाथोकीले सञ्चालन गरेको कार्यक्रममा अध्यक्ष रानाले राज्यले सुम्पेको गहन जिम्मेवारीप्रति कार्यवाहक राजदूत दुवाडीलाई बधाई तथा कार्य सफलताको शुभकामना व्यक्त गरे ।

सीएनसीबीजीले निरन्तर गोर्खा र निजका सन्ततिका लागि नेपाली नागरिकता ऐनको दफा १०(१) संशोधन गर्ने कुरा गरिरहेको उनले प्रस्ट्याएका थिए । ‘संविधानत हामी गोर्खाहरू नेपाली नै हौँ । हाम्रो यो माग अन्तरिम नै भए पनि हालको नेपाल सरकारले पुरा गर्न सक्छ र गर्नुपर्छ,’ उनले भने । केन्द्रीय सदस्य एवं वेब एडमिन कृष्ण बहादुर थुलुङ राईले बेलायतमा बसोबास गर्ने गोर्खाहरूले आगामी राष्ट्रिय निर्वाचनमा आफ्नो नेपाली नागरिकताको निस्सा देखाएर बेलायतमै मतदान गर्न पाउने व्यवस्था दूतावासले मिलाउनुपर्नेमा जोड दिँदै ज्ञापनपत्र पढेका थिए ।

त्यसपछि अध्यक्ष रानाले गोर्खाहरूको माग सहितको ज्ञापनपत्र दूतावासमार्फत अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीसमक्ष पुर्‍याउन कार्यवाहक राजदूतलाई हस्तान्तरण गरे ।

ज्ञापनपत्र बुझेपछि कावा राजदूतले आफूहरू पनि विदेशमा बस्ने युवालाई नेपालसँग कसरी जोड्न सकिन्छ भन्ने खोजीमा रहेको बताए । ‘नेपाल र बेलायतको इतिहास गोर्खाहरूको कारणले लामो समयदेखि पुलको रूपमा काम गरेको र सुमधुर रहेको छ । तपाईंहरूले आफ्नो जायज माग लिएर आउनु भएको छ,’ उनले भने, ‘यो माग नेपाल सरकारसँग जतिसक्दो छिटो पठाउँछु । ढुक्क हुनुहोस् यो मेरो दायित्वभित्र पर्दछ । तर कतिपय काम राजनीतिक क्षेत्राधिकारभित्र पर्छ त्यस्तो काम मैले गर्न नसकौँला तर मैले तपाईंहरूको चासो र मागलाई सम्बन्धित निकायमा पुर्‍याउँछु ।’

सीएनसीबीजीको प्रतिनिधि मण्डलमा अध्यक्ष रानासहित उपाध्यक्ष दलबहादुर बुढाथोकी, मिडिया सेक्रेटरी मोहन गुरुङ, वेबसाइट एड्मिन कृष्णकुमार थुलुङ राई, लाइफ मेम्बर सोभा राना, गमर थापा अध्यक्ष गेसो, प्लम्सस्टिड शाखा तथा आजीवन सदस्य सीएनसीबीजी र सिनियर सिटिजन ८७ वर्षीय पदम बहादुर थापा मगर सल्लाहकार जिगेसा साथै आजीवन सदस्य सीएनसीबीजी रहेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!