५१ जना सवार बुद्ध एयरको विमान भद्रपुरमा विमानस्थलको रनवेमा चिप्लियो, यात्रु सकुशल

SHARE:

काठमाडौं २ जनवरी २०२६ । भद्रपुर विमानस्थलमा अवतरणका क्रममा बुद्ध एयरको विमान रनवेमा चिप्लिएको छ । झापाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजन लिम्बूका अनुसार विमान रनवेबाट करिब १८० मिटर बाहिर पुगेको हो ।

झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालका काठमाडौँ–भद्रपुर उडान सङ्ख्या ९०१ जहाज–नाइन एन–एएमएफ विमान भद्रपुर विमानस्थलमा अवतरण गर्ने क्रममा रनवेबाट बाहिरिएको हो । “विमान अवतरणका क्रममा ‘ओभर रन’ भई घाँसेमैदानमा पुगेको हो, ५१ यात्रु र चार चालक दलका सदस्य सबै सकुशल छन्”, उनले भने ।

शुक्रबार साँझ ७ बजे काठमाडौँबाट भद्रपुर प्रस्थान गरेको विमान ९:४५ बजेतिर अवतरण गर्ने क्रममा उक्त घटना भएको हो ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!