हरी बहादुर बुढा मगर MBE र उनको टोली हिजो अन्टार्क्टिका, माउन्ट भिन्सनको आधार शिविर (बेस क्याम्प) बाट उक्लेर तल्लो शिविर (लो क्याम्प) मा सुरक्षित रूपमा आइपुगेका छन्। उनीहरू आज आराम गर्दैछन् र भोलि उच्च शिविर (हाई क्याम्प) तर्फ लाग्नेछन्। अब उनले ‘सेभेन समिट’ (सात महाद्वीपका उच्च शिखर) को अन्तिम चरण पूरा गर्ने छन् ।
“अपाङ्गताप्रति जनचेतना जगाउन र अरूलाई पनि आफ्ना चुनौतीका पहाडहरू चढ्न र सपनाहरू पूरा गर्न प्रेरित गर्ने उद्देश्यका साथ सगरमाथा आरोहण गर्ने उनि पहिलो घुँडा माथिबाट दुवै खुट्टा काटिएको व्यक्ति हुन् ।
धेरैले क्रिसमस र नयाँ वर्ष मनाइरहँदा, म पृथ्वीकै सबैभन्दा चिसो, सुक्खा र हुरिबतास चल्ने महाद्वीप अन्टार्क्टिकातर्फ प्रस्थान गगर्दै छन्। जहाँ उनले त्यहाँको सर्वोच्च शिखर माउन्ट भिन्सन (४,८९२ मि.) को आरोहण गर्नेछन् ।
हालसम्म उनले विश्वका ६ वटा शिखरहरूको सफल आरोहण गरिसकेका छन्।
१. माउन्ट ब्लाङ्क (४,८१० मि.) – १३ अगस्ट २०१९
२. माउन्ट किलिमन्जारो (५,८९५ मि.) – ८ जनवरी २०२०
३. सगरमाथा (८,८४९ मि.) – १९ मे २०२३ (विश्व कीर्तिमान)
४. डेनाली, उत्तर अमेरिका (६,१९० मि.) – २८ जुन २०२४ (विश्व कीर्तिमान)
५. अकान्कागुआ, दक्षिण अमेरिका (६,९६१ मि.) – २२ फेब्रुअरी २०२५
६. कार्सटेन्ज पिरामिड, ओशिनिया (४,८८४ मि.) – १८ अक्टोबर २०२५ (विश्व कीर्तिमान)
७. माउन्ट भिन्सन, अन्टार्क्टिका (४,८९२ मि.) – डिसेम्बर २०२५ को अन्त्यमा तय गरिएको हो।






