स्विन्डनमा ल्होसारको रौनक: सलोमी र केश बहादुरको प्रस्तुतिमा झुमे दर्शक

SHARE:

जय तामाङ – स्विन्डन, बेलायत।

स्विन्डनस्थित गुरुङ समाजले जनवरी ३ तारिखका दिन ‘तमु ल्होसार’ भव्य रूपमा मनाएको छ। स्थानीय पन्जाबी हलमा आयोजित उक्त कार्यक्रममा ‘सर्प वर्ग’ (सप्री ल्हो) लाई बिदाइ र ‘घोडा वर्ग’ (त ल्हो) लाई स्वागत गर्दै विशेष उत्सव मनाइएको हो।

भव्य उपस्थिति र व्यवस्थापन गुरुङ समाज स्विन्डनका उपाध्यक्ष विष्णु गुरुङको संयोजकत्वमा आयोजित उक्त ल्होसार कार्यक्रममा करिब चार सय जनाको उत्साहजनक उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागीहरूका लागि ‘याक द हिमालय रेस्टुरेन्ट’ ले विभिन्न स्वादिष्ट नेपाली परिकारहरूको व्यवस्था गरेको थियो।

सम्मान र प्रशंसा समाजका अध्यक्ष पिताम्बर गुरुङ र आमा समूहकी अध्यक्ष सावित्री गुरुङले कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने स्थानीय कलाकारहरू तथा प्रायोजकहरूलाई प्रशंसा पत्र प्रदान गर्दै सम्मान गर्नुभएको थियो।

सांस्कृतिक धमाका कार्यक्रमको मुख्य आकर्षण ‘नेपाल आइडल सिजन ६’ की फाइनलिस्ट सलोमी गुरुङ र चर्चित गायक केश बहादुर गुरुङको दमदार प्रस्तुति रहेको थियो। उहाँहरूको गायनमा दर्शकहरू तछाडमछाड गर्दै स्टेजमा उत्रिएका थिए। कलाकारहरूको सम्मानमा दर्शकहरूले परम्परागत शैलीमा टाउकोमा नोट सिउरिदिने र तस्बिर खिच्नेहरूको भिड लागेको थियो।

अन्तर्राष्ट्रिय सहभागिता बल्लभ गुरुङले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा नेपाली समुदाय मात्र नभई स्थानीय बेलायती तथा अन्य विदेशी पाहुनाहरूको समेत बाक्लो उपस्थिति थियो। विदेशी पाहुनाहरूले समेत नेपाली संगीतमा कम्मर मर्काई मर्काई नाचेर कार्यक्रमको भरपुर आनन्द लिएका थिए।

कार्यक्रमको अन्त्यमा विभिन्न आकर्षक उपहारसहितको ‘राफल चिट्ठा’ समेत खुलाइएको थियो, जसले कार्यक्रममा थप रौनक थपेको थियो।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!