हरि बुढा मगर अन्टार्क्टिकाको सर्वोच्च शिखर माउन्ट भिन्सनको सफल आरोहण

SHARE:

०८ जनवरी २०२६ – लण्डन। अदम्य साहसका प्रतीक एवं पूर्व गोर्खा सैनिक हरि बुढा मगरले अन्टार्क्टिकाको सबैभन्दा अग्लो हिमाल माउन्ट भिन्सन (४,८९२ मिटर) को सफल आरोहण गरी नयाँ इतिहास रचेका छन्। ‘कन्करिङ ड्रिम्स – ७ समिट्स’ (सात महादेशका सातै सर्वोच्च शिखर आरोहण गर्ने) अभियान अन्तर्गत उनले डिसेम्बर २८, २०२५ का दिन यो ऐतिहासिक सफलता हात पारेका छन् ।

संयुक्त अधिराज्य (UK) बाट क्रिसमसको पूर्वसन्ध्यामा प्रस्थान गरेका हरि र उनको टोलीले संसारकै दुर्गम र चिसो स्थानमा निकै चुनौतीपूर्ण यात्रा तय गरेका थिए। करिब तीन दिनको कठिन क्लाइम्बिङपछि, जनवरी ६, २०२६ को राति १०:०० बजे उनीहरू माउन्ट भिन्सनको चुचुरोमा पुग्न सफल भएका छन् ।

आरोहणका क्रममा टोलीले माइनस २५ डिग्री सेल्सियसको हड्डी र्‍याउने चिसो, अन्टार्क्टिकाको प्रचण्ड हावा, ठाडो भिर र बरफका कठिन मैदानहरूको सामना गर्नुपऱ्यो। शारीरिक र मानसिक सीमाको परीक्षण गर्ने यस यात्रामा हरिका कृत्रिम खुट्टा (Prosthetic legs) ले समेत कडा चुनौती झेलका थिए।

हरिको साथमा रहेका टोली सदस्यहरू: अविरल राई, मिङ्मा शेर्पा जाङ्बु शेर्पा र टोली नेता, अल्पाइन एसेन्ट्स थिए।
“असम्भव केही छैन”: चुचुरोबाट हरिको सन्देश
सफल आरोहणपछि भावुक हुँदै हरिले भनेका छन् :
“यदि तपाईंसँग सपना छ, समर्पण छ र कहिल्यै हार नमान्ने अठोट छ भने जीवनले जस्तोसुकै चुनौती दिए पनि तपाईं जे पनि प्राप्त गर्न सक्नुहुन्छ। यो सफलता मेरो एक्लो प्रयास होइन; यसमा मेरो टोली, परिवार, साथीभाइ र सहयोगी संस्थाहरूको ठूलो हात छ।”

उनले अपाङ्गता भएका व्यक्तिहरूप्रति समाजको दृष्टिकोण रातारात परिवर्तन नहुने बताउँदै थपे, “एभरेष्ट आरोहणदेखि नै मैले आफ्नो जीवन अपाङ्गता सम्बन्धी सचेतना जगाउन समर्पित गरेको छु। सहयोग, अनुकूलन र दृढता भएमा अपाङ्गता भएका व्यक्तिहरूले पनि असम्भव मानिएका काम गर्न सक्छन् भन्ने यो एउटा प्रमाण हो।”

हरिले विश्वभरका अपाङ्गता भएका व्यक्तिहरू, उनीहरूका परिवार र सम्बन्धित निकायहरूलाई यो सन्देश पुर्‍याउन आग्रह गरेका छन्। उनले सबैलाई आ-आफ्नो जीवनको ‘व्यक्तिगत हिमाल’ चढ्न र सपनाहरू पूरा गर्न प्रेरित गर्दै अपाङ्गतालाई कमजोरी नभई शक्तिका रूपमा हेर्नुपर्नेमा जोड दिएका छन्।

यो सफलतासँगै हरि बुढामगरले सातै महादेशका उच्च शिखरहरू आरोहण गर्ने आफ्नो लक्ष्यको नजिक पुगेर विश्वभरका मानिसहरूका लागि प्रेरणाको स्रोत बनेका छन्।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!