लन्डन ११ जनवरी २०२६ । चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ ।
दिल्लीस्थित आफ्नै निवासमा आइतबार ११ जनवरीमा तामाङको निधन भएको उनी निकट चलचित्रकर्मी राजेश घतानीले जानकारी दिए ।
‘आज बिहान दिल्लीको आफ्नै अपार्टमेन्टमा निधन भएको हो,’ उनले भनेका छन्, ‘हृदयघात भएको रहेछ ।’
इन्डियन आइडल जितेका तामाङ नेपालमा चर्चित थिए । उनले गाएका थुप्रै नेपाली गीत चर्चित छन् ।
तामाङले मात्र सलमान खानको फिल्म ‘ब्याटल अफ गलवान’ बाट बलिउडमा डेब्यू गरेका थिए ।






