‘अनेसास सुप्रमा–ईप्रमा पुरस्कार २०२६’ देवीप्रसाद सुवेदीको उपन्यास ‘उर्वशी’लाई प्रदान गरिने

SHARE:

लन्डन। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बेलायत च्याप्टरले प्रदान गर्दै आएको अनेसास सुप्रमा–ईप्रमा पुरस्कार–२०२६ प्रा.डा. देवीप्रसाद सुवेदीको उपन्यास ‘उर्वशी’ लाई प्रदान गरिने भएको छ ।

अनेसास यूकेका अध्यक्ष राज श्रेष्ठले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार निर्णायक समितिले उत्कृष्ट ६ कृतिमध्ये डा. सुवेदीको उपन्यास उर्वशीलाई सर्वोत्कृष्ट घोषणा गरेको हो । प्रमाणपत्र तथा ५ सय १ पाउन्ड राशिसहितको उक्त पुरस्कार शनिबार, ११ जुलाईमा लन्डनमा आयोजना हुने भानु तथा ईश्वर जयन्ती कार्यक्रममा प्रदान गरिने जनाइएको छ।

अनेसास यूकेका अध्यक्ष श्रेष्ठले पुरस्कार विजेता लेखकलाई बधाई दिँदै कार्यक्रमलाई सफल बनाउन साहित्यप्रेमी सबैलाई उपस्थितिका लागि आग्रह गरेका छन् ।

Screenshot

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!