लन्डन १३ जनवरी २०२६ । गण्डकी प्रदेशका पूर्वसामाजिक विकास तथा जनसंख्यामन्त्री एवं प्रदेशसभाका सदस्य पञ्चराम गुरुङ बेलायत आइपुगेका छन् ।
क्वोंने (घोताने/घोन्डे) गुरुङ (तमू) समाज यूकेको १० औं वार्षिकोत्स्वमा सहभागी हुने पूर्वमन्त्री गुरुङ मंगलबार १३ जनवरीमा बेलायत आएका हुन् । मन्त्री गुरुङलाई स्वागत गर्नका लागि अध्यक्ष कुमार गुरुङ, तमु धीं यूकेका उपाध्यक्ष कमल गुरुङ, सहारा युकेका निवर्तमान अध्यक्ष कृष्ण गुरुङ, समाजसेवी नन्दकुमारी गुरुङलगायत सदस्य हिथ्रो विमानस्थल पुगेका थिए।
मन्त्रि गुरुङ क्व्होने घोटाने घोंडे गुरुङ (तमू) समाज यूकेको १०औँ वार्षिकोत्सव तथा ऐतिहासिक कार्यक्रममा प्रमुख अतिथिको रूपमा सहभागी हुन उहाँ मंगलबार, १३ जनवरी २०२६ का दिन लन्डन हिथ्रो बिमंस्थाल्मा अवतरण गरेका हुन् ।
क्वोंने गुरुङ समाज यूकेले १०औँ वार्षिकोत्सव आगामी शनिबार, १७ जनवरीका दिन अल्डरसटस्थित एम्पायर ब्याङ्कुटिङ हलमा भव्य रूपमा आयोजना गर्दैछ। उक्त ऐतिहासिक समारोहमा सहभागी हुन संस्थाको निमन्त्रणालाई स्वीकार गर्दै पूर्वमन्त्री गुरुङ बेलायत आएका हुन् ।
संस्थाले आफ्नो ऐतिहासिक माइलस्टोनका रूपमा मनाउन लागेको यस कार्यक्रममा बेलायतका विभिन्न स्थानबाट समुदायका प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहने अपेक्षा गरेको छ । पूर्वमन्त्री गुरुङको बेलायत बसाईका क्रममा अन्य विभिन्न सामाजिक भेटघाटहरू समेत हुने संस्थाका अध्यक्ष कुमार गुरुङले जानकारी दिए।







