EGNA द्वारा सन् २०२६ का लागि महत्वपूर्ण कार्यक्रमहरूको घोषणा

SHARE:

ईस्टली, बेलायत – ईस्टली गोर्खा नेप्लिज एशोसिएशन (EGNA) ले सन् २०२६ मा आयोजना हुने विभिन्न सांस्कृतिक तथा सामाजिक कार्यक्रमहरूको सूची सार्वजनिक गर्दै सम्पूर्ण बेलायतमा स्थापित नेपाली समुदायलाई निमन्त्रणा गरेको छ।

संस्थाले यस वर्ष पाँचवटा मुख्य कार्यक्रमहरू आयोजना गर्ने तालिका बनाएको छ। कार्यक्रमको वार्षिक तालिका: मिति, कार्यक्रमको नाम र स्थान तल दिएको छ।
शनिवार १६ मे २०२६ का दिन गोर्खा म्युजियम र हिलियर गार्डेन भ्रमण। स्थान: गोर्खा म्युजियम र हिलियर गार्डेन।
शनिवार ११ जुलाई २०२६ मा EGNA मेला । स्थान: हाईब्रिज फार्म (Hibridge Farm)।
शनिवार १ अगस्ट २०२६ EGNA बी.बी.क्यू पार्टी। स्थान: हाईब्रिज फार्म (Hibridge Farm)।
शनिवार १२ सेप्टेम्बर २०२६ महिलाहरूको तीज पार्टी। स्थान: हाईब्रिज फार्म (Hibridge Farm)।
शनिवार ३१ अक्टोबर २०२६ दशैँ तथा तिहार विशेष कार्यक्रम। स्थान: हाईब्रिज फार्म (Hibridge Farm)।

थप जानकारी को लागि कमल पुर्जालाई WhatsApp, Viber or  Email मार्फत सम्पर्क गरी विस्तृत जानकारी लिन सक्नुहुनेछ।

EGNA ले यी कार्यक्रमहरूले नेपाली मौलिकता जोगाउन र समुदायबीचको भाइचारा बढाउन मद्दत पुग्ने विश्वास व्यक्त गरेको छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!