मगर संघ युके केन्ट शाखाको २०औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न: गायिका निरा थापा मगरको सांगीतिक धमाका

SHARE:

मेडस्टोन, बेलायत। मगर संघ युके केन्ट शाखाले आफ्नो स्थापनाको २०औँ वार्षिकोत्सव भव्यताका साथ मनाएको छ। बेलायतको मेडस्टोनस्थित ‘मोट हल’ मा आयोजित उक्त विशेष समारोहमा चर्चित गायिका तथा मोडल निरा थापा मगरको विशेष सांगीतिक प्रस्तुतिले दर्शकहरूलाई मन्त्रमुग्ध पारेको थियो।

मगर संघ युके केन्ट शाखाका अध्यक्ष मेजर प्रेम आले मगर (MVO) को अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा उपाध्यक्ष रिम काउचा मगरले स्वागत मन्तव्य राख्नुभएको थियो। औपचारिक कार्यक्रमको सञ्चालन सचिव बिनम राना मगरले गर्नुभएको थियो भने सह-सचिव भीम पुन मगरले सुरक्षा सम्बन्धी जानकारी दिनुभएको थियो।

कार्यक्रममा मेडस्टोन केन्टका मार्टिन राउण्ड प्रमुख अतिथि र मगर संघ युकेका अध्यक्ष लाल बहादुर पुन (लालु) विशेष अतिथिका रूपमा उपस्थित रहनुभएको थियो। दुवै अतिथिहरूले संस्थालाई २०औँ वर्षगाँठको अवसरमा शुभकामना व्यक्त गर्नुभयो। साथै, पण्डित प्रेम प्रसाद गैरेले मगर समुदायको सांस्कृतिक पर्व माघे संक्रान्तिको महत्त्वमाथि प्रकाश पार्नुभएको थियो।

समारोहमा मगर संघ युके तथा केन्ट शाखाका संस्थापक अध्यक्षहरू, पूर्व अध्यक्षहरू, निवर्तमान अध्यक्षहरू, गोर्खा ब्रिगेडका अवकाशप्राप्त तथा सेवारत अधिकृतहरू, बिएफबिएस गोर्खा रेडियो युकेका स्टेसन म्यानेजर योगराज राई, रुपा राना मगर लगायत मगर तथा गैर-मगर समुदायका बुद्धिजीवी एवं अग्रजहरूको बाक्लो उपस्थिति रहेको थियो।

सांस्कृतिक एवं मनोरञ्जनात्मक सत्रमा प्रकाश मगर र शारदा पुन मगरले राफल ड्र र टम्बोला सञ्चालन गरी सहभागीहरूलाई मनोरञ्जन प्रदान गर्नुभएको थियो। स्वागत कक्ष (रिसेप्सन) मा दीपक बुढा मगर र जस थापा मगरले सक्रिय भूमिका निभाउनुभएको थियो।

झन्डै ७ सय जनाको उत्साहजनक सहभागिता रहेको उक्त वार्षिकोत्सव कार्यक्रममा धौलागिरी नौमती बाजाको गुञ्जनसँगै मेगोमी गर्बुजा पुन मगर, मोहन थापा मगर, स्थानीय आमा समूह र भान्जाभान्जीहरूको विविध सांस्कृतिक प्रस्तुतिले कार्यक्रमलाई थप रौनक प्रदान गरेको थियो।

कार्यक्रमको मुख्य आकर्षणको रूपमा रहेकी चर्चित गायिका निरा थापा मगरको सुमधुर गायकी र आकर्षक नृत्यले हलमा उपस्थित सबैलाई नचाएको थियो। उक्त भव्य सांस्कृतिक सत्रको सफल संयोजन तथा सञ्चालन संस्थाका सांस्कृतिक सचिव मोहन थापा मगरले गर्नुभएको थियो।

कार्यक्रमको अन्त्यमा अध्यक्ष आले मगरले दिवङ्गत दुई सदस्यको आत्माको चिरशान्तिको कामना गर्दै एक मिनेट मौनधारण गराउनुभएको थियो। त्यसैगरी, केन्ट शाखाका विभिन्न क्षेत्रमा उत्कृष्ट कार्य गर्ने सदस्यहरू, भान्जाभान्जीहरू र कलाकारहरुलाई सम्मान गर्दै उहाँले उपस्थित सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्नुभयो।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!