म्याग्दी २१ जनवरी २०२६ । नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीको पदबाट राजीनामा दिका महावीर पुनले गृहजिल्ला म्याग्दीमा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।
म्याग्दीको बेनीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मंगलबार सबैभन्दा पहिले पुनले मंगलबार मनोनयनपत्र दर्ता गरेका हुन् । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ नागी घर भएका पुनले अन्तरिम सरकारको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पदबाट राजीनामा दिएर स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।
विद्यमान अव्याहारिक नीति, नियम र कानुनलाई परिमार्जन गरेर सुशासन, रोजागरी सिर्जना र समृद्धिका लागि आफू स्वतन्त्र उम्मेदवार बनेको पुनले बताइन् । उनले दरवाङ बजार, मुनागाउँ, सिबाङ गाउँऽ ताकम गाउँलगायतबाट चुनावी अभियानसमेत सुरु गरिसकेका छन् ।






