जी-१० द्वारा राजदूतलाई भूतपूर्व गोर्खाहरूको साझा एजेण्डा हस्तान्तरण

SHARE:

लण्डन, २३ जनवरी २०२६, शुक्रबार। लामो समयको सघन छलफल र गृहकार्यपछि भूतपूर्व गोर्खा सैनिकहरूको छाता संगठन ‘ग्रुप १०’ (G-10) ले आफ्ना साझा माग तथा एजेण्डाहरू बेलायतका लागि नेपाली कार्यबाहक राजदूत विपिन दुवाडीलाई हस्तान्तरण गरेको छ।

शुक्रबार लण्डनस्थित नेपाली दूतावासमा आयोजित एक कार्यक्रमका बीच जी-१० का प्रतिनिधिहरूले ५ पृष्ठ लामो विस्तृत एजेण्डा तथा अफोडएबल सोलुसनको एजेण्डा बुझाएका हुन्। उक्त दस्ताबेजमा समेटिएका प्रत्येक बुँदामाथि गहन छलफल गरिएको थियो भने पारदर्शिता र पूर्ण सहमतिका लागि जी-१० का सदस्यहरूले हरेक पृष्ठमा हस्ताक्षर गरेका छन् भने अन्तिम पृष्ठमा नाम, संस्थाको नाम र पद समेत उल्ल्लेख गरेर हस्ताक्षर गरेका छन्। बिगतमा यो प्रकिया नअपनाइएको कारणले विवाद सृजना भएको थियो।

ब्रिटिश गोर्खा वेलफेयर सोसाइटी (BGWS) का अध्यक्ष मेजर टिकेन्द्र दल देवान जेपीका अनुसार, यी एजेण्डाहरूले गोर्खाहरूको दीर्घकालीन समस्या र अधिकारका विषयहरूलाई समेटेका छन्। मेजर देवानले साझा सहमति जुटाउन र यो प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन कार्यवाहक राजदूत विपिन दुवाडी र ब्रिगेडियर जनरल अनुप शाहले खेल्नुभएको समन्वयकारी भूमिकाको उच्च प्रशंसा गर्नुभयो।

साझा एजेण्डा हस्तान्तरण गर्ने महत्वपूर्ण बैठकमा निम्न प्रतिनिधिहरूको उपस्थिति रहेको थियो:
मेजर टिकेन्द्र दल देवान जेपी, अध्यक्ष – ब्रिटिश गोर्खा वेलफेयर सोसाइटी (BGWS) मेजर जुद बहादुर गुरुङ, धर्म तामाङ, उपसभापति – गेसो (GAESO), कृष्णबहादुर राई, संयोजक – गोर्खा सत्याग्रह, धन गुरुङ, अनसनकर्ता, पुष्पा राणा घले, अनसनकर्ता, दिल जिसी, प्रतिनिधि – बिजीनेशा (BGNESA) र विष्णु गुरुङ (UBGEAN)

यो साझा एजेण्डाले आगामी दिनमा बेलायत सरकारसँग हुने वार्ता र गोर्खाहरूको न्यायपूर्ण हकहितको आन्दोलनलाई थप बलियो र एकताबद्ध बनाउने विश्वास लिइएको छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!