मोर्चासँग भएकोे समझदारी राजनीतिमा कोशेढुङ्गा साबित

SHARE:

????????????????????????????????????
????????????????????????????????????

बिराटनगरमा राप्रपा मोरङद्वारा आयोजित आज एक पत्रकार सम्मेलनमा उप–प्रधानमन्त्री कमल थापाले मधेशी मोर्चासँग भएकोे समझदारीले अबको राजनीतिक समस्या समाधानका लागि कोशेढुङ्गा साबित हुने बताएका छन् ।

उनले मधेश केन्द्रित दल संविधान राष्ट्रिय राजनीतिको मूलधारमा प्रवेश गरेपछि मुलुकमा  अब प्रजातन्त्र स्थायित्व हुनाका साथै शान्ति र विकासका कार्य अघि बढ्ने धारणा व्यक्त गरेका छन् ।

एमालेलाई विश्वासमा लिई मोर्चासँग भएको सहमति कार्यान्वयनमा जाने स्पष्ट पार्दै, संविधान कार्यान्वयनका लागि मोर्चालाई राष्ट्रिय राजनीतिको मूलधारमा ल्याउने कार्यमा एमाले बाधक नबन्ने उनले विश्वास लिएको छ ।

निर्वाचन आयोगले व्यावहारिक रूपमा दर्ता भएका दललाई एकै चुनाव चिह्न प्रदान गर्नुपर्ने बताउँदै सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री थापाले सिद्धान्ततः देशभरि जनसङ्ख्याका आधारमा स्थानीय तहको सङ्ख्या कायम गर्नुपर्ने भए पनि अहिले मोर्चाको माग सम्बोधन गर्न केही प्रदेशमा मात्रै सङ्ख्या थप हुने प्रस्ट पारेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!