नेकपाले नुवाकोटका दुवै क्षेत्र जित्ने अवस्था देखें, लालकिल्ला बनोस् : प्रचण्ड

SHARE:

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आसन्न प्रतिनिधिसभा निर्वाचनमा नुवाकोटका दुवै क्षेत्र आफ्नो पार्टीले जित्ने सम्भावना रहेकोले लालकिल्ला बन्ने बताएका छन् ।

नुवाकोट-काठमाडौं सम्पर्क समितिको आयोजनामा नुवाकोट क्षेत्र नं १ र २ मा नेपाली कम्युनिष्ट पार्टीको उम्मेदवार भेटघाट तथा प्रशिक्षण कार्यक्रममा शुक्रबार प्रचण्डले उक्त धारणा राखेका हुन् । ‘दुवै क्षेत्र विजयी गराइसकेपछि नुवाकोट लालकिल्ला बनोस्,’ प्रचण्डले भने, ‘मेरो तर्फबाट हरक तवरबाट सहयोग हुनेछ । मैले नुवाकोटका जनप्रतिनिधिहरुलाई नुवाकोटको विकासका कामलाई आफ्नो ठाउँबाट जति सक्ने सहयोग गर्दै आएको छु र आउने दिनमा त्यो गति बढाउने विश्वास दिलाउन चाहन्छु ।’

प्रचण्डले नुवाकोट १ का उम्मेदवार हितबहादुर तामाङलाई छोटो अवधि मन्त्री बन्दा राम्रो भूमिका खेलेको उल्लेख गर्दै अहिले पनि नुवाकोटका जनताले जिताउने मनस्थिति बनाइरहेको उलेलेख गरे । ‘कमरेड हितबहादुर तामाङ । जो हाम्रो पार्टी केन्द्रको कमरेड पोस्टबहादुर बोगटीपछिको वरिष्ठ नेता पनि हो । पोष्टबहादुरजस्तै इमान्दारिता र निष्ठा । पार्टीप्रति, लाइनप्रति लिडरसिपप्रति अविचलित रुपमा संघर्ष गर्ने नेताका रुपमा कमरेड हितबहादुरजी जनताको लोकप्रिय नेताको रुपमा हुनुहुन्छ । मैले त पछिल्लो पटक उहाँलाई मन्त्री बनाएर नुवाकोटको र देशभरिको विकास निर्माणमा लगायौं । मैले जनताको अगाडि जे कमिटमेन्ट गरेको थिएँ त्यहीअनुसार छोटै समय भए पनि उहाँलाई पर्यटनमन्त्रीको रुपमा राम्रो भूमिका खेल्नुभयो,’ संयोजक प्रचण्डले भने, ‘अहिले हितबहादुरजीलाई अत्यधिक बहुमतद्वारा विजय गराउने मनस्थिति नुवाकोट क्षेत्र नम्बर १ का जनताले बनाइसकेको मैले देखेको छु । उहाँ निर्वाचित भइसकेपछि छोटो समय होइन, मेरो इच्छा छ लामो समयलाई नै मन्त्रीको जिम्मा दिने । त्यसैले तारा चिह्नमा भोट दिएर उहाँलाई अत्यधिक बहुमत दिएर पठाउनु होला । त्यसपछि के गर्नुपर्छ मलाई थाहा छ । त्यही गर्नेछु ।’

त्यस्तै नुवाकोट २ का नेकपा उम्मेदवार हिरानाथ खतिवडा पनि जित नजिकको पुगेको प्रचण्डले दाबी गर्दै अग्रिम शुभकामनासमेत दिए । ‘कमरेड हिरानाथ खतिवडा पनि शिक्षाविद्को रुपमा, बौद्धिक व्यक्तित्वको रुपमा कमरेड पोष्टबहादुर बोगटीद्वारा प्रशिक्षित एउटा नेताको रुपमा उहाँलाई मैले चिनेको छु । मलाई लागेको थियो सायद क्षेत्र नम्बर २ मा हाम्रो त्यत्ति राम्रो नहुने हो कि भन्ने चिन्ता थियो । तर दिन बित्दै जाँदा, दिन बित्दै जाँदा क्षेत्र नम्बर २ पनि विजयको नजिक पुगिसकेको छ । उहाँलाई अग्रिम बधाई र शुभकामना भन्न चाहन्छु ।’

संयोजक प्रचण्डले दुई पुराना दलहरु कांग्रेस–एमाले रक्षात्मक अवस्थामा पुग्दा नेकपाप्रति जनताको विश्वास बढ्दै गएको दाबी गरे । अन्य पुराना राजनीतिक दलहरु रक्षात्मक अवस्थामा पुग्दा नेकपा मात्रै आक्रामक रुपमा अघि बढेको कारण जनताको विश्वास बढ्दै गएको उनको जिकिर छ । उनले नेकपाले अघि सारेका नीति, योजना र कार्यक्रमले मात्र मुलुकको स्वाधिनताको रक्षा र जनहितको पक्षमा काम गर्नसक्ने जिकिर पनि गरे ।
उनले अबको पाँच दिन जनताको घरघरमा पुगेर सम्झाउन सके नेकपा मुलुककै पहिलो राजनीतिक दल बन्ने दाबी गरे । उनले नेकपाले यो निर्वाचनमा कुनै पनि दलहरुसँग तालमेल नगर्ने पनि स्पष्ट पारे ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!