‘नुवाकोटमा नेकपाको विजयलाई कुनै माइकलालले छेक्न सक्ने छैन’

SHARE:

काठमाडौं २७ फेब्रुअरी २०२६ । नेपाली कम्युनिष्ट पार्टीबाट नुवाकोट निर्वाचन क्षेत्र नम्बर १ र २ का उम्मेदवारहरुले आफूहरुको विजयलाई कसैले रोक्न नसक्ने दाबी गरेका छन् ।

नुवाकोट-काठमाडौं सम्पर्क समितिले शुक्रबार काठमाडौंमा आयोजना गरेको उम्मेदवार भेटघाट तथा प्रशिक्षण कार्यक्रममा बोल्दै उनीहरुले नुवाकोटका दुवै क्षेत्रमा तारा चिह्नको जित निश्चित भइसकेको दाबी गरेका हुन् । नुवाकोट-१ का उम्मेदवार तथा पूर्वमन्त्री हितबहादुर तामाङले भने- ‘हाम्रो विजयलाई कुनै पनि माइकलालले छेक्न सक्ने अवस्था छैन । त्यसका लागि अबको एक हप्ता सम्पूर्ण रुपले रुप नेता, कार्यकर्ता लाग्नुपर्ने आवश्यकता देखेको छु ।’

मतदानको दिन आउन एक हप्ता मात्रै रहेको भन्दै उम्मेदवार तामाङले यसबीचमा चलखेल र जालझेलको षड्यन्त्र हुन सक्ने सम्भावना रहेको भन्दै त्यसका विरुद्धमा आहोरात्र खट्न आग्रह गरे । निर्वाचनका बेला आफूमात्रै खट्ने नभइ आफ्नो सम्पर्कमा भएका मतदातालाई सुरक्षित राख्नु पर्नेमा उनले जोड दिए । साथै मतदातालाई समयमै मतदान केन्द्रमा पुर्‍याउने भूमिका खेल्न पनि आग्रह गरे ।

अर्का उम्मेदवार हिरानाथ खतिवडाले नुवाकोट २ मा पनि तारा चिह्नलाई हराउन सक्ने तागत कसैसँग नभएको बताए । ‘बेलकोगढी नगरपालिकामा हाम्रो (नेकपाबाट जितेको) मेयर छ । विदुर नगरपालिका मेरो गृहपालिका हो । त्यहाँबाट क भोट आउने निश्चित छ । तीन वटा गाउँपालिका तार्केश्वर, म्यागङ र किस्पाङ जुरुक्कै उठिसकेको छ कमरेडहरु,’ उनले सुनाए, ‘त्यसकारण २१ गतेको निर्वाचनमा नुवाकोट क्षेत्र नम्बर २ पनि तारा चिह्नले जित्ने छ । त्यसका लागि तपाईंहरुले अलिकति बल गरिदिनुहोस् । मिहिनेत गरिदिनुहोस् ।’

अहिले आफूहरु ठूला कुवेर र धनपतिहरुसँग, विदेशबाट तस्कर गरेर ल्याएको पैसाको खोलो बगाउनेहरुसँग चुनाव लड्न लागेको भन्दै उनले मतदातालाई दुई/चार पैसा र मासुभात नबिक्न भन्नुपर्ने बताए । ‘हामीले मतदातालाई भन्नुपर्छ, कसैको लोभमा पर्ने छैनौं । कसैको प्रपञ्चमा पर्ने छैनौं । कसैको एक गिलास रक्सी, दुई चोक्टा मासु, दुई/चार हजार पैसामा बिक्ने छैनौं,’ प्रतिस्पर्धीप्रति लक्षित गर्दै उनले भने,’त्यहाँ भएका उम्मेदवारहरु तीनपुस्ते भइसकेका छन् । कोही मौका पाउँदा पनि केही नगर्नेहरु छन् । त्यसैले नुवाकोट २ मा तारा चिह्नवाहक उम्मेदवार म हिरानाथ खतिवडा जित्ने वातावरण बनेको छ ।’

उम्मेदवार खतिवडाले काठमाडौंमा रहेका नेता, कार्यकर्तालाई भोलिदेखि नै जिल्ला, गाउँ गएर तारा चिह्नलाई जिताउने भूमिका खेल्न पनि आग्रह गरे ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!