हर्क साम्पाङ ठूलो मतान्तरसहित सुनसरी-१ बाट निर्वाचित

SHARE:

काठमाडौं ८ मार्च २०२६ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं धरान उपमहानगरपालिकाका पूर्व नगर प्रमुख हर्कराज राई (हर्क साम्पाङ) सुनसरी-१ मा विजयी भएका छन् ।

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आइतबार दिउँसो सार्वजनिक मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङलाई ठूलो मतान्तरसहित पराजित गर्दै साम्पाङ विजयी भएका हुन् । राईले ३५ हजार ७४१ मत प्राप्त गर्दा उनका निकटतम् प्रतिस्पर्धी तामाङले २७ हजार २४९ मत पाइन् ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेकपा एमालेका टीकाराम लिम्बूले ६ हजार ४६३, नेपाली कम्युनिस्ट पार्टीका
सूर्यबहादुर भट्टराई ६ हजार १८५ प्राप्त गरे ।

यसअघि श्रम संस्कृति पार्टीका उम्मेदवार आरेन राई खोटाङबाट विजयी भएका थिए । भोजपुरमा जारी मतगणनामा श्रम संस्कृति पार्टीका उम्मेदवार भोजराज राई अग्रस्थानमा देखिन्छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!