काठमाडौं ८ मार्च २०२६ । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा हालसम्म गुरुङ समुदायबाट दुई जना निर्वाचित भएका छन् ।
मनाङबाट कांग्रेसका उम्मेदवार टेकबहादुर गुरुङ र कास्की निर्वाचन क्षेत्र नं ३ बाट बिना गुरुङ निर्वाचित भएकी हुन् । टेकबहादुर गुरुङले २ हजार ४१४ मत पाउँदा निकटम् प्रतिद्वन्द्वी नेकपाकी उम्मेदवार एशोदा गुरुङ (सुवेदी)ले ४५४ मत पाइन् ।
बिनाले भने प्रतिस्पर्धीलाई फराकिलो मतान्तरले पराजित गर्न सफल भइन् । बिनाले ३७ हजार ७५० मतसहित विजयी भएकी छन् भने उनका निकटतम् प्रतिस्पर्धी कांग्रेसका मनोज गुरुङले १२ हजार ७८० मत पाए ।
सञ्जिवनी दिदीबहिनी केन्द्र नेपालको संस्थापक अध्यक्षसमेत रहेकी गुरुङ महिला दिदीबहिनीहरूको प्रेरणा स्रोत बन्दै आए। महिला उद्यमशीलता प्रवर्द्धन, स्थानीय उत्पादनको बजारीकरण तथा समुदायमा सामाजिक अभियान सञ्चालनमा सक्रिय रहँदै राजनीतिक यात्रामा जोड दिए ।
यसैबीच नेपालमा जेन-जी आन्दोलनमा चर्चित अनुहार सुधन गुरुङ गोरखा क्षेत्र नम्बर १ मा प्रतिस्पर्धामा छन् । रास्वपाबाट उम्मेदवार रहेका सुधन यो समाचार तयार पार्दासम्म जारी मतगणनामा अग्रस्थानमा छन् ।






