काठमाडौं । जेन-जी आन्दोलनपछि चर्चित बनेका राष्ट्रिय स्वतन्त्र पार्टीका नेता सुधन गुरुङ गोरखा क्षेत्र नम्बर १ बाट निर्वाचित भएका छन् ।
सोमबार दिउँसो सार्वजनिक मतगणनाको अन्तिम नतिजाअनुसार गुरुङ फराकिलो मतान्तरसहित विजयी बनेका हुन् । सुधनले २९ हजार ८९६ मत पाउँदा उनका निकटतम् प्रतिस्पर्धी कांग्रेसका प्रेम खत्रीले १५ हजार ३९८ मत ल्याएका छन् ।
तेस्रो स्थानमा झरेको नेकपाका हरिराज अधिकारीले ११ हजार १२४ मत प्राप्त गरेका छन् । चौथो स्थानमा रहेको एमालेका रामचन्द्र लामिछानेको मत ३ हजार ७३२ मत मात्र छ ।
सुधन गोरखाको चुमनुम्रीमा जन्मिएका हुन् ।






