लन्डन १० मार्च २०२६ । बेलायत निवासी कुशल गीतकार तथा समाजसेवी होमा पाहिम लिम्बूको अगुवाइमा क्यान्सरपीडित पत्रकार कविन्द्र शेर्मा (कालीबहादुर) को उपचारका लागि २ लाख ३५ हजारभन्दा बढी सहयोग गरिएको छ ।
यहाँ ‘कबिन्द्र सेर्मा बचाउ’ अभियान संचालन गरेर संकलित २ लाख ३५ हजार २ सय ६४ रुपैयाँ सोमबार ललितपुरस्थित रेडियो बीएफबीएसमा एक कार्यक्रमबीच पीडितका परिवारलाई हस्तान्तरण गरिएको हो । सहयोग रकम शर्माका आफन्तलाई हस्तान्तरण गरिएको अभियन्ता होमा पाहिम लिम्बूले जानकारी दिइन् ।
आफूलाई सहयोग गरेकोमा पीडित शेर्माले समाजसेवी तथा गीतकार होमा पाहिम, समाजसेवी खड्कजङ आङ्बुहाङ लिम्बू तथा उनीहरुको संस्था चाँगे धर्ती आमाकोष लिमिटेड परिवार र सम्पूर्ण सहयोगीहरुप्रति हार्दिक धन्यवाद दिएका छन् ।

‘म अहिले हस्पिटलको बेडमा आकस्मिक उपचाररत रहेकोले कार्यक्रममा उपस्थिति हुन सकिनँ । यसमा सम्पूर्णमा क्षमा प्रार्थी छु,’ शेर्माले फेसबुकमा लेखेका छन्, ‘ कार्यक्रम संयोजन गरिदिनु हुने, सधैं मेरो लागि सम्झिरहनुहुने गीतकार लिलाराज काम्बाङ, रेडियो बीएफबीएसका कुशल कार्यक्रम प्रस्तोता तुलशी बस्नेत सर, सञ्चारकर्मी रुमा सावालगायतका टिमलाई पनि धेरै धेरै धन्यवाद छ ।’
नेपाली पत्रकारिता क्षेत्रमा लामो समयदेखि सक्रिय पाँचथर कुम्याक गाउँपालिका २ निवासी शेर्मा विगत दुई वर्षदेखि प्राणघातक क्यान्सर रोग लागेर उपचाररत छन् । उनी अहिले भारतको नयाँ दिल्लीस्थित राजीव गान्धी अस्पतालमा उपचाररत छन् ।
हेरौं सहयोगीको नाम र रकमको पूर्ण विवरण :









