लन्डन १३ मार्च २०२६ । भूतपूर्व गोर्खा सैनिकको विषयमा नेपाल, बेलायत सरकार र गोर्खा प्रतिनिधिबीच यही मार्च १६ मा लन्डनस्थित बेलायती रक्षा मन्त्रालयमा त्रिपक्षीय वार्ता हुने भएको छ ।
वार्तामा जनवरी २३ मा बेलायत सरकारलाई बुझाइएको ११ बुँदे प्रस्तावबारे छलफल हुने नेपाली दूतावासले जनाएको छ । नेपालका तर्फबाट कार्यवाहक राजदूत विपिन दुवाडीको नेतृत्वमा टोलीले बेलायती भेट्रान मन्त्रीसँग छलफल गर्नेछ।
गोर्खा प्रतिनिधिहरू भने उक्त बैठकमा सहभागी नहुने भए पनि सोही दिन प्राविधिक संयन्त्रका अधिकारीहरूसँग उनीहरूको छुट्टै बैठक हुने बताइएको छ।
लामो समयदेखि जारी वार्ता मुख्यतः गोर्खा सैनिकको पेन्सन मुद्दामा केन्द्रित रहेको छ । हाल बेलायत सरकार ‘अफोर्डेबल सोलुसन’को आधारमा सहमति खोज्न तयार देखिएपछि ११ बुँदे प्रस्ताव पेश गरिएको हो ।






