काठमाडौं । नेपाल मगर संघको १३ औं राष्ट्रिय महाधिवेशन आगामी २०८३ जेठ ८ देखि हुने भएको छ ।
महासचिव टेबहादुर नामजाली मगरले शुक्रबार परिपत्र जारी गर्दै जेठ ८ देखि १० सम्म महाधिवेन हुने जानकारी गराएका हुन् । महाधिवेशनअघि चैत २०८२ मसान्तसम्मा सबै तहको अधिवेशन गरिसक्ने, आजीवन सदस्यता वितरण तथा क्रियाशील सदस्यता वितरण/नवीकरण गरिसक्ने तालिकामा उल्लेख छ ।
यस्तै सबै प्रदेश, भ्रातृ, वैदेशिक शाखा र जिल्ला समितिहरुको केन्द्रीय कार्यालयमा संस्था/समिति नवीनकरण/ अभिलेखीकरण, संस्थागत दायित्व, प्रतिनिधि सिफारिसको निर्णय प्रतिलिपि, निवेदन, प्रतिनिधि शुलक र फोटो वैशाख ११ गतेसम्म गरिसक्न परिपत्रमा लेखिएको छ ।







