नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ देखि, तयारी पूरा

SHARE:

काठमाडौँ । नेपाल आदिवासी जनजाति महासंघको ११औँ राष्ट्रिय महाधिवेशनको तयारी पूरा भएको छ ।

काठमाडौँमा हुने महाधिवेशनको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले गर्ने महासंघका महासचिव एवं महाधिवेशन प्रचारप्रसार तथा पत्रचार उपसमितिका संयोजक दिवस राईले जानकारी दिए । उनकाअनुसार चैत ५ नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा उद्घाटन र चैत्र ६ गते स्वयम्भू स्टार ब्याङ्केट, स्वयम्भू काठमाडौँमा बन्द सत्र हुनेछ । महाधिवेशनमा देशभरका आदिवासीजन जातिहरुले आ–आफ्ना भेषभुषामा नाचगान, झाँकी र र्‍याली शहर परिक्रममा गर्नेछन्।

भृकुटीमण्डपदेखि साँस्कृतिक झाँकी सहितको र्‍याली भद्रकाली, सुन्धारा, वीर अस्पताल, रत्नपार्क, जमल, घण्टाघर भएर नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौंको सभाहलमा प्रवेश गर्ने उनको भनाइ छ।

महाधिवेशनलाई सफल बनाउनका लागि विभिन्न उपसमितिहरु निर्माण गरिएको र यी उपसमितिहरुले अन्तिम तयारीका लागि कामहरु गरिरहेको उनले जानकारी दिए।

महाधिवेसनको बन्दसत्रमा महासंघको संघीय सचिवालयका पदाधिकारीहरु, सल्लाहकारहरु, संघीय परिषद सदस्यहरु, जातीय घटक सस्थाहरु, सम्बन्धित संगठनहरु, प्रवास संगठनहरु र प्रदेश तथा जिल्ला समन्वय परिषद्हरुबाट ५ सय भन्दा बढी प्रतिनिधि तथा पर्यवेक्षकहरुको सहभागीता रहनेछ।

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानमा सूचिकृत ६० वटा आदिवासी जनजाति समुदायहरुमध्ये महासंघमा ५६ समुदायहरु आबद्ध छन् भने १२ वटा सम्बन्धन संगठनहरु रहेका छन्।

यसैगरी विदेशमा रहेका नेपालका आदिवासीजन जातिहरुको विदेशस्थित २५ वटा देशहरुमा यस महासंघका प्रवास संगठनहरु रहेका छन् भने ७ वटा प्रदेश र ७७ वटै जिल्ला समन्वय परिषदहरुका मातहतमा ४ हजार भन्दा बढी स्थानीय पालिका र वडा तहका संगठनहरु सञ्चालन भइरहेको महासंघले जनाएको छ।

महासंघले आदिवासी समुदायलाई आफनो अधिकारको बारेमा सचेत गराउंदै आएको छ। महासंघको संस्थागत सुदृढीकरणका लागि यसको स्थायी कार्यालय भवन बनाउन लागेको पनि उल्लेख गरेको छ।

भवन निर्माणको लागी ललितपुर महानगरपालिकामा जग्गा खरिद गरिसकेको पनि महासंघले जनाएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!