म्याग्दीका तिकप्रसाद पुन र दिलमाया पुन ८४ वर्ष पुगेका अवसरमा विद्यालयलाई आर्थिक सहयोग

SHARE:

म्याग्दी १४ मार्च २०२६ । मालिका गाउँपालिका–४ स्थित च्युरीबोट र ओखरबोटका बासिन्दाहरुले ८४ वर्ष पुगेका अवसरमा दुई लाख ६० हजार रुपैयाँ विद्यालयलाई सहयोग गरेका छन् ।

चौरासी वर्ष पुगेका अवसरमा पूजाआजा र भोज भतेरमा हुने अनावश्यक तथा फजुल खर्च बचाएर उनीहरुले गाउँकै विद्यालयलाई सहयोग गरेका हुन् । च्युरीबोटका तिकप्रसाद पुन र दिलमायाले स्थानीय सिद्धार्थ माविलाई एक लाख ८५ हजार पाँच सय ५५ रुपैयाँ सहयोग गर्नुभएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रेशम पुनले जानकारी दिए ।

शुक्रबार ८४ पूजा गरेका ओखरबोट निवासी टेकबहादुर घर्तिमगर र हिरामतीले ६० हजार रुपैयाँ, उनीहरुका आफन्तहरुले थप १५ हजार रुपैयाँ ओखरबोट माविलाई उपलब्ध गराएका छन् । चौरासी, बिवाह, लाहुरे स्वागत, तिहारमा देउसीभैलो खेलेर आर्थिक स्रोत जुटाएर निजी स्रोतका शिक्षकको तलब ब्यवस्थापन, कम्प्युटर कक्षा सञ्चालन, भौतिक र शैक्षिक विकासमा परिचालन गरेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!