बेलायत निवासी थापामगर दम्पतीद्वारा विवाह वर्षगाँठमा असहायलाई सहयोग

SHARE:

लन्डन । बेलायत निवासी कुमार थापामगर दम्पतीले जन्म दिन र विवाह वर्षगाँठको अवसरमा असहाय बालबालिकालाई सहयोग गरेका छन् ।

सरावल नवलपरासी जन्मेर लामो समयसम्म हङकङमा कर्मथलो हुँदै अहिले बेलायतमा सपरिवार बसोबास गर्ने समाजसेवी कुमार थापामगरले ५० औं वर्षको जन्मदिनसँगै २५ वर्ष विवाह उत्सवको शुभउपलक्ष्यमा एकीकृत समृद्धि नेपालका ३५ जना बालबालिकाहरुलाई खाना खुवाउनुको साथै बालबालिकाहरुको स्कुल शुल्क तिर्न ५० हजार रुपैयाँ सहयोग गरेको ‘आमा’ जुनु पुन मगरले जानकारी दिइन् ।

सहयोग कुमार थापा मगरलाई जन्मदिनको लाखौंलाख शुभकामना भन्दै निरोगी हुन, आयु लामोहोस्, कुलपितृले सधैं रक्षा गरून् र घर परिवारमा सुख शान्तिको कामना समाजसेवी जुनु पुनले गरेकी छन् । साथै अबोध बालबालिकाहरुले दिएको आशीर्वाद सधैं लागिरहोस्,दानीलाई हानी कहिले पनि नहोस् भन्दै कुमारपत्नी सुमिता थापामगरलाई पनि धेरै दिएकी छन् ।

सहयोगको पहल र सहज गराइदिने लिला थापामगरलाई पनि एकीकृत समृद्धि नेपालको तर्फबाट धन्यवाद दिइएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!