नेपालमा रास्वपा वरिष्ठ नेता बालेन्द्र शाहले १३ चैतमा प्रधानमन्त्रीको शपथ लिने

SHARE:

काठमाडौं । नेपालमा रास्वपा वरिष्ठ नेता बालेन्द्र शाहले १३ चैतमा प्रधानमन्त्रीको शपथ लिने भएका छन् ।

नवनिर्वाचित सांसदले १२ मा शपथ लिने र त्यसको भोलिपल्ट शाहले राष्ट्रपतिसमक्ष शपथ लिएर प्रधानमन्त्रीको कार्यभार सम्हाल्ने भएका हुन् । रास्वपाका शीर्ष नेताबीच बिहीबार भएको बैठकमा प्रधानमन्त्रीको शपथ र मन्त्रिपरिषद् गठनबारे छलफल भएको हो ।

सभापति रवि लामिछाने, वरिष्ठ नेता शाह, उपसभापतिद्वय डीपी अर्याल र स्वर्णिम वाग्ले सहभागी बैठकमा प्रधानमन्त्रीको शपथसँगै सरकारका सुरुवाती चरणका प्राथमिकताबारे परामर्श भएको छ ।

प्रतिनिधिसभामा झन्डै दुई तिहाइको सुविधाजनक बहुमत प्राप्त भएकाले सांसदको शपथ लिएपछि मात्र प्रधानमन्त्री पदको शपथ लिने टुंगो नेताहरूले लगाएका हुन् । सांसदको शपथ १२ चैतमा हुने तय भएपछि रास्वपाका शीर्ष नेताबीच प्रधानमन्त्रीको शपथ भोलिपल्ट लिने र सोही दिन मन्त्रिपरिषद्मा सहभागी हुने मन्त्रीलाई पनि शपथ लिन लगाउने समझदारी बनेको छ ।

निर्वाचन आयोगले समानुपातिक प्रणालीबाट निर्वाचित प्रतिनिधिसभा सदस्यलाई बिहीबार प्रमाणपत्र वितरण गरेको छ । बिहीबार नै आयोगले प्रतिनिधिसभा निर्वाचनको प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएर त्यसको जानकारी संघीय संसद् सचिवालयलाई दिएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!