बेलायतमा च्यारिटीका लागि रेस फर लाइफमा सहभागी हुँदै सेभेन सिस्टर

SHARE:

लन्डन । बेलायतमा च्यारिटीका लागि सेभेन सिस्टर रेस फर लाइफमा सहभागी हुँदै छ ।

क्यान्सर रिसर्च यूकेको आयोजनामा जुलाईको १८ तारिखमा गिलफोर्डमा हुने रेस फर लाइफमा तमु धीं आमा समूह यूकेकी अध्यक्ष कमलादेवी गुरुङको नेतृत्वमा सेभेन सिस्टरले भाग लिन लागेको समाजसेवी एवं तमु धीं यूकेकी कार्यसमिति सदस्य पार्वती गुरुङले जानकारी गराएकी छन् । ५ किमि दौडका लागि सेभेन सिस्टरले अनलाइन दर्ता गरिसकेको उनले बताइन् । अहिले अनलाइनमार्फत सहयोग संकलन भइरहेको छ ।

दुई दिनमै उत्साहजनक सहयोग आएको जनाउँदै पार्वतीले करकाप नभइ मनैबाट स्वेच्छाले दान दिन आग्रह गरेकी छन् । पार्वती गुरुङले गत वर्ष तमु धीं आमा समूह मातहतमा भाग लिएर ८ सय पाउन्ड संकलन गरेकी थिइन् । यसपटक भने सेभेन सिस्टरले नै भाग लिन लागेका हुन् ।

बेलायतमा सक्रिय ‘सेभेन सिस्टर’को समूहमा तीनजना कमला गुरुङ, विष्णु गुरुङ, तारा गुरुङ, लक्ष्मी गुरुङ र पार्वती गुरुङ छन् । उक्त समूहले बेलायतमा हुने विभिन्न मेला, महोसत्वमा काक्रो, चिया, सुन्तलाजस्ता सानोतिनो व्यापार गरेर भएको आम्दानी कोषमा जम्मा गरेर पीडित र विभिन्न सामाजिक काममा सहयोग गर्दै आएका छन् ।

गत वर्ष तमु धीं आमा समूह यूकेको नेतृत्वमा २० धावक रेस फर लाइफमा सहभागी भएका थिए । तमु धीं यूके आमा समूहले बर्सेनि सहभागिता जनाउँदै आएको छ । दौड क्यान्सर रोग विरुद्ध जनचेतना जगाउने अभिप्रायले बेलायतमा हरेक वर्ष हुने गरेको छ । तमु धीं यूके आमा समूहले क्यान्सर रिसर्च रेस फर लाइफलाई आर्थिक सहयोग गर्दै आएको छ ।

उक्त च्यारिटीबाट विश्वव्यापी रूपमा २०० थरिका क्यान्सरबाट पीडित महिला, पुरुष तथा बालबालिकाको उपचार र उन्मुलनमा खर्च गरिनेछ । सन् १९९४ मा लन्डनबाट सुरु भएको यस दौडमा पहिलो वर्ष ७५० महिला सहभागी भएका थिए । त्यसयता हरेक साल सहभागीको संख्या वृद्धि भइरहेको आयोजकले जनाएको छ । बेलायतका विभिन्न सहरमा विभिन्न समयमा रेस फर लाइभअन्तर्गत दौड हुँदै आएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!