हङकङमा हिमालय हार्मनी अल्ट्रा ट्रेल रेस सम्पन्न

SHARE:

हककङ नेपाली अल्ट्रा ट्रेल रनिङ संघ (HKNUTRA)को आयोजनमा हिमालय हार्मनी अल्ट्रा ट्रेल रेस सम्पन्न भएको छ ।

आइतबार २२ तारिख २०२६ माटाइमोसन कन्ट्री पार्क अल्ट्रा ट्रेल रनिङ सम्पन्न भएको हो । ५० किमि, १२ किमिको दौडमा विभिन्न देशका १७६ जना धावकहरुले प्रतिस्पर्धा गरेका थिए ।

५० किमि तर्फ च्याम्पियन चेज हङ ताम हङकङ, चीन दोस्रो सन्तोष तामाङ, तेस्रो तमी युङ बेलायत विजय भए ।

यसैगरी ५० किमि महिलामा प्रथम हङ क्यु, किमि ल्योङ बेलायत दोस्रो, पाक ई मङ हङकङ चीन,तेस्रो जुलीयामित लेप्चा भारत भए ।

१२ किमिमा च्याम्पियन म्याथ्थु क्यारी बेलायत, यू जेस्पर याम हङकङ दोस्रो, जर्म डी क्यालेरन्स फ्रान्स विजयी भए ।

महिलातर्फ प्रथम सीउ साङ सान लाउ हङकङ चीन, दोस्रो इलाने एप्सटोल फिलिपिन्स, तेस्रो जेसी याहु हङकङ चिनमा विजयमा धावकहरूलाई नगद र ट्रकी प्रदान गरिएको छ ।

यसैगरी विभिन्न उमेर समूह, महिला समुहहरूका पहिला, दोस्रो, तेस्रोहरूलाई ट्रफ्री प्रदान गरिएको थियो । निर्धारित समयमा दौड पूरा गर्ने धावकहरूलाई फिनिसर मेडल प्रदान गरियो । सम्पुर्ण प्रतियोगी धावकहरूलाई ब्लु माउन्टेनको एचके डलर १०० को सपिंड कुपन, दौड टिसर्ट, खाजा फलफूल, खाना उपलब्ध गराइएको थियो ।

हङकङ र विदेशी धावकहरूले खेल आयोजकहरूको खेल व्यवस्थापन उत्कृष्ट प्रकट भएको प्रतिक्रिय दिएको थियो । संस्थाका सल्लाहकार रेस डाइरेक्टर डीना बगालेले दौडका नियम र सेफ्टीबारे जानकारी दिएका थिए भने नेपाली महाबाणिज्यदूत डा बिन्देश्वर लेखकले हार्न बजाएर उद्घाटन गरेको प्रतियोगिता तो अराम्भमा महाबाणिज्यदूत डा लेखकले नेपाली समुदायबाट हङकङमा अन्तराष्ट्रियस्तरमा दौड प्रतियोगिता हुनु मासिक पदमार्गहरू सरसफाइ गर्दै आएको संस्थाको कामप्रति सराहना गरे ।

किरात याक्थुङ चुम्लुङ कलाङ समूहको लिम्बु नृत्य र तामाङ, ध्याधुड सेलो नृत्य, अरूणा शर्माको एकल नृत्यहरू प्रस्तुति गरिएको थियो ।

प्रतियोगिता आयोजक संस्था हङकङ नेपाली अल्ट्रा ट्रेल रनिङ संघले विगत दुई वर्षबाट वातावरण र खेललाई लक्षित गर्दै आएको छ । मासिक पदमार्गहरू, सरसफाइ, बालबालिकाहरूलाई नि:शुल्क दौड तालिम दिँदै आएको छ । विजयी धावकहरूलाई अध्यक्ष संस्थाका सलाहकारहरू, प्रयोजकहरूबाट ट्रफी नगद प्रदान गरिएको थियो ।

खेल कार्यक्रम संस्थाका सचिव बसन्त आम्बुहाङ र चिनियाँ भाषामा के लिमले सन्चालन गरेका थिए । अध्यक्ष बेदराज लिम्बुले सहभागी धावक, सहयोगी व्यक्ति, संस्थाहरूलाई धन्यवाद प्रकट गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!