तमु प्ये ल्हु संघद्वारा आयोजित ‘प्येरु त्हें’ वार्षिक पुजाको समीक्षा बैठक सम्पन्न

SHARE:

पोखरा । तमु प्ये ल्हु संघद्वारा२०८२ साल चैत्र ३ गते मंगलबार श्रद्धा र आस्थाका साथ सम्पन्न गरिएको वार्षिक पुजा ‘प्येरु त्हें’ को समीक्षा बैठक चैत १० गते केन्द्रीय बैठक हलमा सफलतापूर्वक सम्पन्न भएको छ ।

बैठकमा उक्त पुजाको समग्र व्यवस्थापन, सहभागिता तथा सम्पन्नताको विभिन्न पक्षहरूबारे गम्भीर छलफल गरिएको थियो । साथै बैठकमा पुजाको आयव्यय सम्बन्धी आर्थिक प्रतिवेदन अनुसार आम्दानीतर्फ १,२३,०३४/- र खर्चतर्फ १,५८,२२०/- भएको प्रतिवेदन प्रस्तुत गरिएको थियो ।

कार्यक्रमलाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउने सम्पूर्ण महानुभावहरू, सहयोगी हातहरू तथा श्रद्धालुजनहरूप्रति हार्दिक आभार तथा कृतज्ञता व्यक्त गरिएको छ । साथै आगामी दिनहरूमा अझ व्यवस्थित, प्रभावकारी र भव्य रूपमा यस्ता धार्मिक कार्यक्रमहरू आयोजना गर्ने प्रतिबद्धता सहित समिक्षा बैठक समापन भएको संघले जनाएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!