नेपालमा गुरुङ (तमु) लामा बौद्ध धर्म समाजको केन्द्रीय कार्यालय भवन शिलान्यास

SHARE:

काठमाडौं । नेपालमा गुरुङ (तमु) लामा बौद्ध धर्म समाज केन्द्रीय कार्यालय भवन शिलान्यास गरिएको छ ।

तल्लो भंगाल-८, बुढानिलकण्ठ नगरपालिका काठमाडौंमा मंगलबार एक समारोहबीच बुढानिलकण्ठ नगरपालिकाका नगर प्रमुख मिठाराम अधिकारीलगायतले भवन शिलान्यास गरेका हन् । शिलान्यासका क्रममा लामा गुरुङले पूजापाठ गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख अधिकारीले नगरभित्र सुन्दर भवन बन्न लागेकोमा खुसी प्रकट गर्दै समालाई आभार प्रकट गरे । उनले नगरको तर्फबाट भवनलाई सहयोग गर्न तयार रहेको बताए । साथै भवन जाने सडकको स्टिमेट तयार पार्न र त्यसलाई वडाध्यक्षलाई दिन उनले आग्रह गरे ।

अध्यक्ष शिर लामा गुरुङले नगर प्रमुख अधिकारीको सहयोगको वचनबाट हौसला मिलेको बताए । उनले मेयरबाट सहयोगको अपेक्षा पनि गरेको सुनाए । भवनबाट धार्मिक प्रशिक्षण गर्ने, सिफारिस गरेर देश तथा विदेशमा गुरुहरु उपलब्ध गराउने, परम्परागत पूजा विधि विधानअनुसार दुखसुखको बेला गुरु उपलब्ध गराउने सम्पर्क कार्यालयका लागि भवन बनाउन लागेको अध्यक्ष गुरुङले प्रस्ट पारे ।

अब भवन निर्माण कार्य छिट्टो सम्पन्न गराउने योजना भइरहेको अध्यक्ष गुरुङले जनाउँदै सम्पूर्ण सहयोगी जिन्दागहरुप्रति हार्दिक साधुवाद व्यक्त गरेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!