एभरेस्ट टाइम्स सम्वाददाता
बेलायत २५ अप्रिल २०२५। म्याग्दी अर्गानाइजेशन यूके (मोना यूके) ले विगतका वर्षहरूमा झैँ यस वर्ष पनि नेपाली नयाँ वर्ष २०८३ को सुखद अवसरमा “मोना यूके शुभकामना साँझ” भव्य रूपले मनाएको छ।
शनिबार, २५ अप्रिल २०२६ का दिन फार्नबोरोस्थित स्याम्युल कोडी स्पोर्ट्स कलेजमा आयोजित उक्त कार्यक्रममा म्याग्देली समुदाय र शुभचिन्तकहरूको बाक्लो उपस्थिति रहेको थियो।
कार्यक्रमको पहिलो चरणमा दीप प्रज्वलन, नेपाल र बेलायतको राष्ट्रिय गानका साथै संस्थाका दिवंगत सदस्यहरूको सम्झनामा दुई मिनेट मौन धारण गरिएको थियो।
सांस्कृतिक सचिव शिला थापा मगरको संयोजनमा आयोजित सांस्कृतिक कार्यक्रममा कलाकारहरू ललिता पुन, निरुता पुन, सरिष्मा राम्जाली, आस्मा छन्त्यालका साथै स्थानीय कलाकारहरू मेगोमी गर्बुजा र चर्चित गायक गगन पुन मगरले बेजोड सांगीतिक प्रस्तुति दिएका थिए।
सो अवसरमा धौलागिरि नौमती बाजा र अन्नपूर्ण गाउँपालिका पुर्ख्यौली समूहले मौलिक कला प्रदर्शन गरेका थिए भने कार्यक्रमको सञ्चालन नेत्रमान गर्बुजा मगर र रिया रोका मगरले गरेका थिए।
मोना यूकेका अध्यक्ष पदम सुन्दर गर्बुजा मगरको अध्यक्षतामा सम्पन्न उक्त समारोहमा बेलायतका लागि नेपाली दूतावास लन्डनका तृतीय सचिव झुपलाल पुन मगर प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।
संस्थाका वरिष्ठ उपाध्यक्ष एवं कार्यक्रम संयोजक लाल बहादुर पुन मगर (लालु) ले स्वागत मन्तव्य राख्नुभएको उक्त कार्यक्रमको सञ्चालन महासचिव मन्दिप जुग्जाली मगरले गर्नुभएको थियो।
कार्यक्रममा शैक्षिक योग्यता प्राप्त गरेका र अनुकरणीय कार्य गरेका सदस्यहरुलाई सम्मान गरेका छन ।
शुभकामना साँझमा प्रमुख अतिथि झुपलाल पुन मगर, एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहा मगर र पूर्व अध्यक्ष दल जुग्जाली मगरले नयाँ वर्षको शुभकामना व्यक्त गर्नुभयो।
शुभकामना मन्तब्य रखने क्रममा प्रेम गाहा मगरले नेपालको नयन जेनजी सरकारले भूपू गोरखा तथा गैर आवसीय नेपाली नागरिकहरुले उठाउदै आएको मागलाई झन जटिल बनाएको भंडारी दुखेसो पोखेका छिन् भने तृतीय सचिब झुपलाल पुन मगरले प्रष्ट कानून नभएको कारण गैर आवासीय नेपालीहरूलाई सहयोग गर्न कतिपय कार्यमा वाधा अर्चन भएको सुनाए ।
कार्यक्रमका अध्यक्ष पदम सुन्दर गर्बुजा मगरले समारोह सफल पार्न अहोरात्र खट्ने कार्यसमिति, कलाकार, अतिथि र उपस्थित जनसमुदायलाई हार्दिक धन्यवाद ज्ञापन गर्नुभयो। कार्यक्रममा रसमोर बरो काउन्सिलका काउन्सलर ग्यारेथ विलियम लगायत बेलायतका विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको गौरवमय उपस्थिति रहेको थियो।



्

















