बेलायतबाट नेपाल फर्किन् लोक तथा दोहोरी गायिका निरा थापा मगर

SHARE:

लन्डन । लोक तथा दोहोरी गायिका एवं मोडल निरा थापा मगर बेलायतको सांगीतिक भ्रमण सकेर नेपाल फर्किएकी छन् ।

बेलायतमा ६ महिना लामो बसाइपछि मंगलबार ३० जुन २०२६ मा निरा हिथ्रो एयरपोर्ट हुँदै स्वदेश फर्किएकी हुन् । निराको बिदाइका लागि मगर संघ यूके यूएचएसबी शाखाका अध्यक्ष वीर बलाल, सल्लाहकार छविमाया पुन,निवर्तमान अध्यक्ष ऋषि राना, महिला अध्यक्ष नानु राना मगर, ऋषि राना, वरिष्ठ उपाध्यक्ष गणेशबहादुर बुराथोकी,टेकबहादुर राना मगर, ममता बाखिम काङ्भा राना मगर, बेन्जन रेस्टुरेन्टका सन्चालक कमल राना, समाजसेवी तथा बेजिङ्स्टोक लाफा मगर समाज युकेका अध्यक्ष बल थापा, हिमालयन ट्रेडिसनल सुनचाँदी पसलका सन्चालक बेल बुराथोकी लगायत एयरपोर्ट पुगेका थिए ।

‘यही ठाउँमा फूल लिएर स्वागत गर्नु भएको हिजो जस्तो लाग्छ फेरि आज यसै ठाउँबाट यसरी बिदाई भइरहँदा साँच्चै मन भारी हुँदो रहेछ । यहाँहरुको साथ र मायाले ६ महिना बितेको थाहै भएन । यहाँहरु सबैको माया र आशीर्वाद मन भरी बोकेर आज नेपाल फर्कंदै छु । मलाई ६ महिना सांगीतिक कार्यक्रमको लागि युके निमन्त्रणा गर्नुहुने मगर संघ यूके यूएचएसबी शाखाका अध्यक्ष आदरणीय मेरो अभिभावक वीर बलालज्यूलगायत शाखाका सम्पूर्ण टिमलाई हृदयदेखि नै विशेष धन्यवाद दिन चाहन्छु,’उनले फेसबुकमा लेखेकी छन् ।

निराले आफूलाई यूके निमन्त्रणा गर्ने मगर संघ यूके यूएचएसबी शाखा, बेलायतमा रहँदा सहयोग पुर्‍याउने सबैजना र एयरपोर्टमा पुर्‍याउने आउने तथा सुखद् यात्राको काममा गर्ने सबैप्रति आभार प्रकट गरेकी छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!