म्याराथनका लागि पोखरामा ‘च्यारिटी डिनर’

SHARE:

पोखरा । भूतपूर्व खेलाडी मञ्च नेपालले आगामी फागुन ७ गते आयोजना गर्ने “१३ औं सफल अन्तर्राष्ट्रिय पोखरा म्याराथन” सफल बनाउन आफ्ना आजीवन सदस्य तथा सहयोगी संस्थाका बीच च्यारिटी डिनर कार्यक्रम भब्य रुपमा सम्पन्न गरेको छ ।

खेलकुदको कार्यक्रम सफल बनाउन सम्भवतः पहिलो पटक पोखरामा आयोजना गरिएको च्यारिटी डिनरमा मञ्चका आजीवन सदस्यहरु तथा सहयोगी संस्थाका गरि करिब १ सय १० जनाको सहभागिता रहेको थियो । मञ्चले पहिलो पटक आयोजना गरेको च्यारिटी डिनर कार्यक्रमबाट करिब ३६ हजार रुपैयाँ बचत भएको छ ।

पोखरास्थित मुगलान रेष्टुरेन्टमा सम्पन्न च्यारिटी डिनरमा विभिन्न सांगेतिक कार्यक्रम, राफल चिट्ठा कार्यक्रम र ‘गिनिज बुक्स अफ रेकर्ड’ मा १७ वटा विधामा नाम लेखाइसकेका थानेश्वर गुरागाईले आफ्ना प्रस्तुतिहरु दिएका थिए । कार्यक्रममा “हामी उठ्ने छौ” नामको संस्थाका तर्फबाट अध्यक्ष तुलसी गुरुङले “१३ औं सफल अन्तर्राष्ट्रिय पोखरा म्याराथन” सफल बनाउन प्रथम पुरुस्कार संस्थाका तर्फ बाट प्रदान गर्ने घोषणा गरेका थिए ।

कार्यक्रममा मञ्चका सल्लाहकार संयोजक तथा समाजसेवी मेजर दिलबहादुर गुरुङ हालै इटालीको रोममा अन्तर्राष्ट्रिय अवार्ड ‘इन्टरनेशनल भोलिन्टियरी ग्लोबल अवार्ड’ बाट प्राप्त गर्न सफल रहेकोमा उनलाई सोही कार्यक्रममा सम्मानपत्रद्वारा मञ्चले सम्मान गरेको थियो । कार्यक्रममा बोल्दै मञ्चका अध्यक्ष तेज गुरुङले मञ्चका आजीवन सदस्यका बीच सम्बन्धलाई थप प्रगाढ बनाउन च्यारिटी डिनर कार्यक्रम सफल भएको बताए । मञ्चको नेतृत्वमा पोखरा रंगशालाको पर्खाल निर्माणका गर्न नागरिक समाजको ठूलो भूमिका रहेको बताउँदै म्याराथनलाई सफल बनाउन पनि सबैको साथ र सहयोग पाउने विश्वास व्यक्त गरे ।

‘हामी उठ्ने छौं’ का अध्यक्ष एवम् पूर्वराष्ट्रिय खेलाडी तुलसी गुरुङले आफ्नो संस्थाको परिचय गराउँदै पोखरा विश्वकै सुन्दर ठाउँ भएकोले पनि पोखरा म्याराथनमा अन्तर्राष्ट्रियस्तरका धावकहरुलाई निम्त्याउन आफूले सक्दो पहल गर्ने बताए । उनले भने–“हामी नेपाली जहाँ भए पनि एक छौं र यही सुमधुर सम्वन्धलेनै कुनै पनि कार्यक्रम गर्न सहजता हुनेछ” उनले थपे–“विश्वमा पोखरालाई खेलकुद शहरको रुपमा चिनाउन र पोखरा म्याराथनलाई एशियामा नै उत्कृष्ट बनाउन सबैको साथ आवश्यक छ ।” कार्यक्रममा मञ्चका सल्लाहकारहरु विश्वमोहन गौचन, वरिष्ठ पत्रकार नारायण कार्की, अशोक पालिखे, डा. विरेन्द्रसिंह गुरुङ, गणेश भट्टराई जयराम हमालको उपस्थिति थियो ।

त्यस्तै वरिष्ठ फोटो पत्रकार बिकास रौनियार, कान्तिपुर साप्तहिकका सहसम्पादक मुकुन्द बोगोटी, ‘हामी उठ्ने छौं’का प्रबन्ध निर्देशक निर्मल श्रेष्ठ, सुजुकीका प्रबन्ध निर्देशक अनुपकुमार बराल, गैरआवासीय नेपाली संघ युकेका पूर्वअध्यक्ष मुछेत्र गुरुङ, तेक्वान्दो गण्डकी प्रदेशका अध्यक्ष जगन गुरुङ, पश्चिमाञ्चल होटल संघका निवर्तमान अध्यक्ष भरत पराजुली, प्राज्ञ रमेश श्रेष्ठलगायत पनि सहभागी थिए ।

कार्यक्रममा गरिएको राफल चिठ्ठाका लागि प्राज्ञ श्रेष्ठले २ थान र वरिष्ठ कलाकार गोपाल श्रेष्ठले श्रेष्ठ आर्टस्का तर्फ बाट एक थान चित्रकला सौजन्य प्रदान गरेका थिए ।
कार्यक्रममा प्राज्ञ रमेश श्रेष्ठ, मञ्चका संस्थापक अध्यक्ष खड्ग रानाभाटलगायतले पोखरा म्याराथन सफल बनाउन सबैको सहयोगका लागि आह्वान गरेका थिए ।

भूतपूर्व खेलाडी मञ्च नेपालमा हाल १ सय ८० जना आजीवन सदस्यहरु रहेका छन् । स्मरणीय के छ भने केही दिनअघि मात्रै पोखरेली मञ्च युकेले बेलायतमा आयोजना गरेको च्यारिटी डिनरमा १५ लाख भन्दा बढी संकलन भएको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!