लन्डन । लमजुङ समाज यूकेले वार्षिक समर पार्टी तथाहाउजिङ प्रोजेक्ट च्यारिटी डिनर –२०२६ आगामी १ अगस्ट २०२६ मा अल्डरसटमा आयोजना गर्ने भएको छ।
समाजले चर्चित कलाकारको साथमा विभिन्न सांगीतिक कार्यक्रमसहित अल्डरवुड लेजर सेन्टरमा दिउँसो १ बजेदेखि राति १०:१५ बजेसम्म कार्यक्रम सञ्चालन हुने जनाएको छ। कार्यक्रमबाट संकलित रकम समाजको हाउजिङ परियोजना तथा सामाजिक हितका कार्यमा उपयोग गरिने आयोजकको प्रतिबद्धता छ।
कार्यक्रममा चर्चित गायिकाद्वय मञ्जु बिक र सम्झना भण्डारीको विशेष सांगीतिक प्रस्तुति रहनेछ। साथै नेपाली कला, संस्कृति, मनोरञ्जन तथा सामूहिक भेटघाटलाई प्राथमिकता दिइएको समाजले जनाएको छ।
आयोजकका अनुसार कार्यक्रममा सहभागी हुन वयस्कका लागि २५ पाउण्ड र ६ देखि १२ वर्षसम्मका बालबालिकाका लागि १५ पाउण्ड प्रवेश शुल्क निर्धारण गरिएको छ।
लमजुङ समाज यूकेले बेलायतमा रहेका लमजुङवासीसहित सम्पूर्ण नेपाली समुदायलाई कार्यक्रममा सहभागी भई समाजको परोपकारी अभियानलाई सहयोग गर्न आग्रह गरेको छ।






