बेलायतमा २२ अगस्टमा ‘रेडिङ सांगीतिक साँझ-२०८३’: प्रेमराजा, दुर्गा र नीता प्रमुख आकर्षण

SHARE:

लन्डन । चर्चित कलाकारको साथमा बेलायतमा रेडिङ सांगीतिक साँझ-२०८३ हुने भएको छ ।

यही २२ अगस्ट शनिबार साउथ रेडिङ कम्युनिटी हलमा रेडिङ सांगीतिक साँझ कार्यक्रम आयोजना गरिएको जानकारी कार्यक्रम संयोजक महेन्द्र आलेले जानकारी दिएका छन् । साँझ ५ देखि १० बजेसम्म हुने कार्यक्रमको मुख्य आकर्षणहरुमा वरिष्ठ लोकगायक प्रेमराजा महत,’कौराहा किङु दुर्गा गुरुङ र भ्याइस अफ नेपाल सिजन ७ की विजेता निता थापा मगरको प्रस्तुति रहनेछ ।

कार्यक्रमको अन्य आकर्षणहरूमा तनहुँ समाज यूकेको मौलिक लाइभ कौराहा/चुडका,स्थानीय कलाकारहरुको आकर्षक प्रस्तुति,सुनचाँदीका गहनाका आकर्षक पुरस्कारसहितको राफल ड्र र सुपथ मूल्यमा स्वादिष्ट नेपाली खानाको परिकारहरूको व्यवस्था गरिने संयोजक आलेले बताए । उनका अनुसार राफल ड्रमा प्रथम पुरस्कार सुनको गहना, द्वितीय पुरस्कार चाँदीका गहना छ ।

प्रवेश शुल्क १५ पाउन्ड तोकिएको छ भने १० वर्ष मुनिका बालबालिकाहरुलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।

कार्यक्रमलाई सफल बनाउन प्रायोजकहरू किङ्स गेट फाइनान्स, यो मोमोज,बुद्ध मोर्गेज र ए स्टार मोर्गेजलाई कार्यक्रम संयोजक महेन्द्र आलेले धन्यवाद व्यक्त दिएका छन् ।

बेलायतमा रहनुहुने सम्पूर्ण नेपाली समुदायलाई उपस्थित भएर कार्यक्रमको शोभा बढाइदिन हुन कार्यक्रम संयोजक आलेले हार्दिक अनुरोध गरेका छन् । कार्यक्रमको सहयोगी संस्था रेडिङ नेपाली समाज रहेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!