‘डा गोविन्द केसी कम्युनिष्टको विरुद्धमा लागेका छन्’

SHARE:

इलाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता योगेश भट्टराईले इलाममा अनशनरत डा गोविन्द केसी कम्युनिष्टको विरुद्धमा लागेको बताएका छन् । प्रेस चौतारी र प्रेस सेन्टरले यहाँ बुधबार आयोजना गरेको अन्तरक्रियामा उनले डा गोविन्द केसीलाई ‘कम्युनिष्ट फोबिया’को सङ्ज्ञा दिए ।

नेता भट्टराईले विगतमा डा केसीसँग भएका अधिकांश सम्झौता कार्यान्वयन भएको उल्लेख गर्दै संसद्मा रहेको विधेयक सबै पार्टीसँग लामो समय छलफल भएर समितिबाट पारित भएको बताए । “राजतन्त्र फ्याँक्ने बेलामा राजा ज्ञानेन्द्रलाई पनि संसद्को निर्णय मान्य भयो भने अहिले डा गोविन्द केसीलाई चाहिँ त्यही संसद्ले गरेको निर्णय किन मान्य हँुदैन ?” उनले प्रश्न गरे ।

प्रतिनिधिसभा, चिकित्सा शिक्षा तथा स्वास्थ्य विधेयक समितिका सदस्यसमेत रहनुभएका नेता भट्टराईले समितिबाट पारित चिकित्सा शिक्षा तथा स्वास्थ्य विधेयकको अध्ययन नगरी डा केसी अनशन बस्न इलाम आएका बताउँदै “तपाईहरू डा गोविन्द केसीलाई तटस्थ व्यक्ति भन्दै हुनुहुन्छ होला तर कदापि त्यो भ्रममा नपर्नु होला भन्नुभयो ।”

“चुनावका बेला चारतारे झण्डा बोकेर हिँड्ने व्यक्ति तटस्थ व्यक्ति हुँदैन”, उनले भने, “डा केसीले भनेबमोजिम विधेयकमा उपत्यकाभित्र १० वर्ष मेडिकल कलेज नखोल्ने, मेडिकल कलेज स्थापनाका लागि ३०० श्ययाको र डेण्टल तथा नर्सिङका लागि १०० श्ययाको अस्पताल अनिवार्य र त्यो अस्पताल तीन वर्ष सञ्चालन भएकै हुनुपर्ने अनिवार्य व्यवस्था गरिएको उल्लेख गरे ।

‘कालोधनको अनुगमन गर्ने निकाय छन्’
नेकपा नेता भट्टराईले डा केसीको मेडिकल कलेज स्वेत बनाउन खोजेको भन्ने अभिव्यक्तिप्रति आपत्ति प्रकट गर्दै कालो धनका बारेमा अनुगमन गर्न सम्बन्धित निकाय भएकाले डा केसीले यसबारेमा बोल्नु उचित नभएको धारणा व्यक्त गरे ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!