के के कुरा भए सभामुख महरा र बेलायतका राजदूतबीचको भेटवार्तामा ?

SHARE:

 काठमाडौं । सभामुख कृष्णबहादुर महराले बेलायतसँग नेपालको सम्बन्ध धेरै पुरानो र सौहार्दपूर्ण रहेको बताउँदै आपसी सहयोग र सहकार्यमा अझ वृद्धि हुने विश्वास व्यक्त गरेका छन् ।

सभामुखको कार्यालय सिंहदरबारमा शुक्रबार नेपालका लागि बेलायतका राजदूत रिचर्ड मोरिससँगको भेटवार्तामा महराले
संविधान निर्माणपछि तीन तहको निर्वाचन सम्पन्न गरेर देशले संघीय शासन प्रणालीको अभ्यास गरिरहेको बताएका उनको सभामुखको सचिवालयले जनाएको छ । त्यस्तै आफूहरु संविधानको मर्मअनुरुप नयाँ ऐन, कानून निर्माणलाई मुख्य प्राथमिकतामा राखेर काम गरिरहेको बताएका थिए ।

बेलायत सरकारले नेपालमा शिक्षा, सुरक्षालगायतका क्षेत्रमा राम्रो सहयोग गरिरहेको भन्दै सभामुख महराले शान्ति प्रक्रियादेखि भूकम्पको बेला गरेको सहयोग र पहलप्रति पनि धन्यवाद व्यक्त गरे । उनले गोरखा सैनिकको समस्या समाधान गर्न दुवै देशले छलफल गरी उनीहरुको हितमा काम गर्नुपर्ने भन्दै समझदारी हुनेमा विश्वास व्यक्त गरे ।

बेलायत र नेपालको सम्बन्ध निकै पुरानो र गहिरो रहेको भन्दै राजदूत मोरिसले आगामी दिनमा यो सम्बन्धलाई अझै दिगो र सुमधुर बनाउनुपर्नेमा जोड दिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!