काठमाडौं । प्री मनसुन कमजोर हुँदै जाँदा यतिबेला नेपालमा मौसमी तापक्रम बढेको छ । फागुनदेखि नै सक्रिय भएको प्री मनसुन वैशाखको दोस्रो सातासम्म राम्रै रहे पनि त्यसयता कमजोर बन्यो । फलस्वरुप देशका विभिन्न स्थानमा अत्यधिक तापक्रम बढ्यो ।
यतिबेला नेपालगञ्जमा सबैभन्दा बढी ४३.५ डिग्री सेन्टिग्रेड तापक्रम छ । त्यस्तै धनगढीमा ४२.४ डिग्री आसपास तापक्रम छ भैरहवामा ४१.६ डिग्री रहँदै तेस्रो तातो सहर बनेको छ । यस्तै चौथोमा दिपायल रहेको छ भने काठमाडौंमा ३२.५ डिग्री तापक्रम पुगेको छ ।
प्री मनसुन कमजोर भएको अवस्थाले गर्मी बढाएको मौसमविद सुवास रिमालले बताए ।






