विश्व च्याम्पियसिप स्नोकर प्रतियोगिताको उपाधि अग्रेज युवा ट्रमलाई

SHARE:

रोशन मेवाहाङ
लन्डन । लन्डनस्थित क्रुसियल थ्रियटरमा आयोजित विश्व च्याम्पियनसिप स्नोकर प्रतियोगिता सन् २०१९को उपाधि अग्रेज युवा जड ट्रमले चुम्न सफल भएका छन् ।

३५ फ्रेमको भिडन्तमा अगे्रज युवा ट्रम र स्कटल्यान्ड निवासी जोन हिगिन्सले ठूलो भिडन्त गरेका थिए । जसको परिणाम १८–९ मा टुंगिएको हो । विश्व स्नोकर संगठनले सुरुआत गरेका यो प्रतियोगिता ९२ औ संस्करण हो । वैशाख २० गतेबाट सुरुआत गरिएको नकआउट खेलमा १६ देशले भाग लिएका थिए ।

९२ औ संस्करणका प्रतिस्पर्र्धाी स्कटल्यान्डका जोन हिगिन्सको सन् २०१९ को उपाधि चुम्ने सपना टुंग्गिएको छ । ४३ वर्र्षीय हिगिन्सले सो कपको उपाधि चारपटक (सन् १९९८, २००७, २००९ र २०११ का) हात पारे पनि सन् २०११ को फाइनल खेलमा (नेपाली रुपैयाँ २० करोड)गेम सेटिङको अभियोग लाग्दा २ वर्ष जेल चलान भएका थिए भने १८ महिना विश्व स्नोकर संगठनको निगरानीमा परेका थिए । पुनः खेल खेल्न अनुमति पाएका हिगिन्सले सन् २०१७ र १८ मा उपविजेता मात्र हुनसकेका थिए । उनले सेमिफÞाइनलमा डेविड गिल्बर्टलाई १६ का विरुद्ध १७ फ्रेमले उछिँदै फाइनल खेलमा प्रवेश गरेका हुन् ।

खेलको मध्यन्हतिर अंगे्रज युवाले ७ फ्रेमले अग्रता लिइरहँदा ट्रफिका विजेता स्टिब डेविसले बीबीसीमा आफ्नो प्रतिक्रिया दिँदै भनेका थिए, ‘जोन हिगिन्सले आफ्नो दिमागको खेल र कौशल्यता देखाउन नसके दलदलेमा फस्न सक्ने छन् ।’ उनले गत वर्षका विजेता वेल्स निवासी रोनि ओसुलिभान संसारमै सबैभन्दा छिटो र चमत्कारी खेल प्रदर्शन गर्न सक्ने स्नोकर खेलाडी भएको दावी गर्दै बीबीसीलाई बताएका थिए । अग्रेज युवा ट्रम १९ वर्षका हँुदा हिगिन्सले सन् २०११ मा विश्व कप स्नोकरको उपाधि चुम्ने सपना टुटाइदिएका थिए । यस वर्ष भने ट्रमले स्कटल्यान्ड निवासी हिगिन्सलाई जीवनभर अमिलो हुने गरी बदला लिएका छन् ।

विश्व च्याम्पियनसिप स्नोकर खेलको शव्दावली ‘टर्न अफ’ शब्दलाई खेल अवधि पूरा समयमा दुवै खेलाडीले ११ पटक शताब्दीऔं अंक प्राप्त गरे पनि ट्रमले ७ र हिगिन्सले ४ पटक मात्र ल्याउन सफल भएका हुन् । बेलायती ट्रमले सो खेलको उपाधि नेपाली रुपैयाँ ७ करोड ५० लाख र दोस्रो स्थान चुमेका हिगिन्सले ३ करोडको धन राशिको उपहार पाएका हुन् ।

स्मरण रहोस्, सिफिल्ड लन्डनमा भएको विश्व च्याम्पियनसिप खेलको उपाधि अंगे्रजहरुले यो नै पहिलोपटक हात पारेका हुन् । २९ वर्षीय अंग्रेज युवा ट्रम स्नोकर विश्व विजेताको सूचीमा दोस्रो स्थानमा नामांकन घोषित गरिएको छ । यो वर्षको खेलको उपाधि चुमेपछि अंग्रेज युवा ट्रमले भने, ‘प्रतिस्पर्धामा रहेका हिगिन्स र मेरो तर्फबाट दर्शकदीर्घामा रहेका दर्शकलाई स्नोकरको महन्वपूर्ण कौशल चमत्कारी पोटिङ्ग प्रदर्शन गर्न पाउँदा ज्यादै खुसीको अनुभूत भइरहेको छ ।’ ‘यो जित ज्यादै अकल्पनीय भएको महसुस गरिरहेको छु । प्रतिस्पर्धामा आउन अगावै मेरो गुरुबाको मार्गदर्शन र मेरा मेहनतका कारण यो सफलता मिलेको आभाश हुन्छ ।’ मेरो गुरुबा, ममतामयी आमा, बाबा, सहकर्मीहरु र दर्शकहरुकै कारण उपाधि चुमेको बताउँदै जीवनमै यो प्रतिस्पधार्मा आफ्नो खेलको विशेष कौशल्यता देखाउन सकेको दावी गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!