भ्रष्टाचारको मुद्दा खेपिरहेका अख्तियारका पूर्वआयुक्त पाठक धरौटीमा रिहा

SHARE:

काठमाडौं । भ्रष्टाचारको मुद्दा खेपिरहेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व आयुक्त राजनारायण पाठक धरौटीमा रिहा भएका छन् । विशेष अदालतले ७८ लाख रुपैयाँ धरौटी राखेर रिहा गर्ने आदेश दिएपछि नेपाल बंगलादेश बैंकको बैंक ग्यारेन्टीमा पाठक रिहा भएका हुन् ।

पाठक बुधबार विशेष अदालतमा बयानका लागि हाजिर भएका थिए । त्यसअघि उनीसँग अदालतले ७८ लाख धरौटी माग गरेको गरेको थियो । अदालतका अध्यक्ष बाबुराम रेग्मी तथा सदस्यद्धय द्धारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ बैद्यको संयुक्त इजलासले पाठकसँग ७८ लाख धरौटी माग गरेको थियो ।

अख्तियार दुरुपयोेग अनुसन्धान आयोगका पूर्वआयुक्त पाठकले भक्तपुरको नेपाल इन्जिनियरिङ क्याम्पसको विवाद मिलाइदिने भन्दै ७८ लाख घूस लिएको सार्वजनिक भएपछि उनीविरुद्ध मुद्दा दायर भएको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!