काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को पोलिटव्यूरो गठन लगायत पार्टी एकीकरण प्रक्रियालाई अन्तिम रुप दिन आइतबार ११ बजे बस्ने भनिएको सचिवालयको बैठक स्थगित भएको छ । पोलिटव्यूरो गठन तथा केन्द्रीय सदस्यहरुको कार्यविभाजन र पार्टीका विभिन्न विभागको जिम्मेवारी बाँडफाँडबारे छलफल गर्न बस्ने सो बैठक शीर्ष नेताहरुले नभ्याएका कारण स्थगित भएको हो ।
सचिवालय बैठक स्थगित भएको पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस संयोजक विष्णु सापकोटाले बताए । पार्टी एकता सम्पन्न भएको ठीक एक वर्षपछि नेकपाले जनवर्गीय संगठनको एकता टुङ्ग्याए पनि अझै विभाग, मोर्चा र आयोगहरुको एकता हुन बाँकी छ ।
सचिवालयको स्थगित बैठक आजै दिउँसो चार बजे बस्ने वा अर्को दिनका लागि सर्ने भन्ने टुंगो लागिनसकेको नेताहरुले बताएका छन् ।






