पहिलेको कार्यसमिति विघटन गरी रेडक्रसमा १७ सदस्यीय तदर्थ समिति गठन

SHARE:

काठमाडौं । लामो समयदेखि अनियमिता र भ्रष्टाचारको आरोप लागेको अन्तरर्राष्ट्रयरुपमा मान्यताप्राप्त देशकै ठूलो सामाजिक संस्था नेपाल रेडक्रस सोसाइटीको नवगठित कार्यसमितिले बुधबारदेखि कार्यभार शुरु गरेको छ । सरकारले सञ्जीव थापा नेतृत्वको विद्यमान कार्यसमिति विघटन गरी मङ्गलबार वरिष्ठ रेडक्रसकर्मी प्रा डा विश्वकेशर मास्केको नेतृत्वमा १७ सदस्यीय तदर्थ समिति गठन गरेको थियो । पाँच दशकदेखि रेडक्रसमा आबद्ध नवनियुक्त अध्यक्ष डा मास्के त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्र विषयका अवकाशप्राप्त प्राध्यापक हुन् ।

काठमाडौँ जिल्ला प्रशासन कार्यालयले रेडक्रस कानूनको मस्यौदा तयारी र अन्तरराष्ट्रिय दातृ संस्थासँगको सम्बन्ध विस्तारलगायत कामलाई प्राथमिकता दिई महाधिवेशन गराउन कार्यादेशसहित सो तदर्थ समिति गठन गरेको हो । निवर्तमान कार्यसमितिले संस्थामा अनियमितता गरेको भनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत, राष्ट्रिय र अन्तरराष्ट्रियस्तरमा उजुरी परेपछि सरकारले तदर्थ समिति बनाई समस्याको समाधान गरेको हो । संस्थामा विवादकै कारण गत वैशाख २३ मा सुनसरीको धरानमा हुने भनिएको ४८ औँ महाधिवेशन जिल्ला प्रशासन कार्यालयको निर्देशनले स्थगन भएको थियो ।

अध्यक्ष प्रा डा मास्केले रासससँग कुरा गर्दै सरकारले दिएका कार्यादेश र संस्थाका चालू कार्यक्रमलाई प्रभावकारी कार्यान्वयनका लागि आफूहरु समयसीमासहित योजनबद्धरुपमा अघि बढ्ने बताए । प्रा डा मास्केले सरकार र दातृ संस्थासँगको सम्बन्ध विकास र सुधारमा थप समन्वय बढाई संस्थाको आत्मविश्वास जगाउने तथा पारदर्शिता, उत्तरदायित्व र निष्ठाका लागि रणनीतिपत्र तयार गरेर परिणाममुखी काम गरिने बताए ।

नवनियुक्त महामन्त्री कमलप्रसाद निरौलाले पनि रेडक्रस कानूनको मस्यौदा तयार गर्ने, अन्तरराष्ट्रिय दातृ निकायसँगको सम्बन्ध सुधार गर्ने र यसका गतिविधिमा प्रभावकारिता बढाउन आफूहरु लाग्ने जनाए ।

नेपालमा विसं २०२० भदौ १९ मा स्थापित यो संस्थाले विपद् व्यवस्थापन, स्वास्थ्य हेरचाह, समुदाय विकास, परिवार नियोजन र एचआइभी एड्स संक्रमणविरुद्धको सचेतनालगायत कार्य गर्दै आएको छ । यसले खासगरी विपद् व्यवस्थापनका लागि स्वयंसेवक परिचालन गर्दै आएको छ । विपद् व्यवस्थापनको पूर्वतयारीमा यसको आफ्नै अनुभव छ । नेपालमा रेडक्रस स्थापना हुनुअघि यसकै प्रतीकचिह्नसँग मिल्ने प्रतीकचिह्न प्रयोग गरी परोपकार संस्थाले काम गरेको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!